प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेश टुक्राउने सरकारको निर्णय बिरुद्ध अान्दोलनमा उत्रिएका अान्दोलनकारीहरुले अर्घाखाँचीमा अाज सिठी जुलुस निकालेका छन् ।
युवाहरूको अगुवाईमा सन्धिखर्कमा सिठी जुलुस निकालिएको थियो । यस्तै २६ गते पनि सोही समयमा महिलाहरुको अगुवाइमा थाल ठटाउने जुलुस गर्ने पनि निर्णय गरेको छ ।
मंसिर २७ ,२८ र २९ गते जिल्लामा अधिकांश दिबाली पुजा हुने भएकोले कुनै आन्दोलनका कार्यक्रम राखिएको छैन । २९ गते साँझ सन्धिखर्कमा प्रभावकारी रुपमा मसाल जुलुस कार्यक्रम राखिएको छ । मंसिर ३० गते देखि पौष ६ गतेसम्म शैक्षिक संस्था बाहेक आमहडताल गरिने निर्णय भएको छ ।
यस्तै आन्दोलनको बिचमा टोपबहादुर रायमाझी र चन्द्र भण्डारी समेत आउने भएका छन् ।