पटौटीमा शिकार गर्ने क्रममा बन्दुकको छर्राले लागेर गम्भिर घाइते महिलाको निधन

सुर्य भुसाल 
पटौटी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पटौटीमा शिकार गर्ने क्रममा बन्दुकको छर्राले लागेर गम्भिर घाइते भएकी एक जना महिला काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा उपचार क्रममा मृत्‍यु भएको छ । 
पटौटी गाबिस वार्ड नं ३ नेटापोखरा पोचिपात्ल निवासी बर्ष ४४ कि श्रीमती नरमाया बलाल बन्दुकको छ्ररा लागि गम्भीर घाइते भएकी थिईन् । 
बिहीवार दिउसोको समय बनमा रहेका कालिज मारेर खाने सल्लाह अनुसार  श्रीमानका साथ जंगल गएकी श्रीमती नरमायालाई बन्दुकको छर्रा लागेर घाइते भएकी थिईन् । ६३ बर्षिय श्रीमान् पिताम्बर बलालले हानेको गोलीको छर्राले उनलाई घाँटीमा लागेको थियो । 
उनलाई उपचारका लागि पाल्पामा लगिए पनि पुन: थप उपचारको लागि काठमाडौं लगिएको थियो । 
 
गोली हान्ने पिताम्बर बलाललाई भने पाल्पा प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । 

अन्य समाचारहरु