गाम्बियाका निरंकुश नेता याया जाम्मेद्वारा राष्ट्रपतीय चुनावमा भएको आफ्नो हार अस्वीकार

अफ्रिकी मुलुक गाम्बियाका निरंकुश नेता याया जाम्मेले राष्ट्रपतीय चुनावमा भएको आफ्नो हार अस्वीकार गरेका छन् ।
यो महिनाको सुरुमा सम्पन्न चुनावको नतिजा स्वीकार गरेको एक सातापछि चुनावमा अस्वीकार्य अनियमितता भएको भन्दै जाम्मेले नयाँ चुनावको आह्वानसमेत गरेका छन् ।
अमेरिकाले भने जाम्मेको भनाईका कडा निन्दा गरेको छ । सन् १९९४ देखि सत्तामा रहेका जाम्मेमाथि भ्रष्टाचार र मानवअधिकार उल्लंघनको गम्भीर आरोप छ । उनका प्रतिद्वन्द्वी याडमा ब्यारोले ४५ प्रतिशतभन्दा बढी मत पाएका छन् ।
चुनावी नतिजा आफ्नो पक्षमा आएपछि ब्यारोले नयाँ गाम्बियाको आह्वान गरेका थिए । २० लाख भन्दा कम जनसंख्या रहेको गाम्बिया अफ्रिकी महादेशको सबैभन्दा सानो मुलुक हो । (एजेन्सी)