मिसन नेपालको अर्घाखाँचीमा शाखा बिस्तार, ११ सदस्य कार्यसमिति गठन

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भ्रस्टाचार, अन्याय, अत्याचार लगायत सामाजिक बिकृति बिरुद्दका कार्यमा कृयासिल सामाजिक अभियानात्मक संस्था मिसन नेपालले विश्व मानव अधिकार दिवसको अवसरमा शनिबार अर्घाखाँचीमा शाखा बिस्तार गरेको छ । 
सार्बभौमसत्ता सम्पन्न जनतामा रहेको  बिबिध अधिकारको बारेमा जनचेतना फैलाइ स्वच्छ समाज निर्माण गर्ने कार्यमा संस्था सकृय छ । 
अर्घाखाँची बाहेक यो संस्था २८ जिल्लामा सकृय छ । अन्य जिल्लाहरुमा बिस्तार हुदैछ । अर्घाखाँची जिल्लाको शाखा गठन कार्य मिसन नेपालका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
११ सदस्यिय कार्यसमितिको अध्यक्षमा मदन नेपाली, त्यसैगरी उपाध्यक्षमा समिक्षा आचार्य, सचिबमा सिमा केसी, सहसचिवमा सागर परियार, कोषादक्ष्यमा कृष्ण खनाल र सह कोषादक्ष्यमा तेजेन्द्र पाण्डे रहेका छन् । 
त्यसैगरि समितीको सदस्यमा रन्जित परियार, सुशील बेल्बासे, सुभास पौडेल, सपना श्रेष्ठ र राजेश सुनुवार रहेका छन ।