एमाले अर्घाखाँचीका उपसचिव प्रेमनारायण गैरेद्वारा पार्टीभित्र कुनै पनि खालको गुट-उपगुट नभएको दावी

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा एमाले अर्घाखाँचीका उपसचिव तथा युवा नेता प्रेमनारायण गैरेले एमाले पार्टीभित्र कुनै पनि खालको गुटर उपगुट नभएको दावी गर्नु भएको छ।
रेडियो देउराली अर्घाखाँचीले शनिबार देखि शुरु गरेको देउराली बहस कार्यक्रममा अाफ्नो भनाइ राख्दै  एमाले युवा नेता गैरेले नेकपा एमाले जनताको पार्टी भएकोले केपी शर्मा अोली नेतृत्वको सरकारका पाली जनमुखि बजेट तथा लोकप्रिय बजेट ल्याएको देखेर देश बिदेशी शक्तिहरुको ईसारामा सरकार ढलेको बताउनु भएको छ। गैरेले एमाले अब हुने स्थानिय तथा प्रदेशको निर्बाचनमा पहिलो पार्टी बन्ने दावी गर्दै उहाले अाफुहरु संगठन निर्माणका लागि गाउँ गाउँमा लागिरहेको बताउनु भयो ।
गैरेले नेकपा ऐमालेको जिल्ला अधिबेशन सहमति सहकार्य एकताबाट हुने बताउदै जनताको माग अनुसार अाफुले नेतृत्वमा उपयुक्त पद दावी गर्ने बताउनु भयो । एमाले भित्र सबै भन्दा बढि मत जिल्लामा ल्याउने गैरे हुन । बिधार्थि राजनीति हुदै पार्टीको उपसचिब बनेका गैरे एमाले भित्रका प्रभाबशाली नेता हुन । गैरेले स्थानीय निकायको निर्वाचनको तैयारीमा अाफुहरु लागेको बताउदै जनताको चाहाना अनुसारको काम गर्न एमाले सफल भएको बताउनु भयो। गैरेले सरकारले ससदमा दर्ता गरेको प्रदेश टुक्राउने सम्सोधन प्रस्ताव फिर्ता नलिए जनताको अान्दोलनबाट त्यसलाई प्रास्त गर्ने चेताबनी दिनु भयो । उहाले सरकारले दर्ता गरेको प्रस्ताब बिफल भएको बताउदै अान्दोलनमा होमिन कार्यकर्ताहरुलाई अाग्रह गर्नु भयो । तराई पाहाड अलग गर्ने सरकारको निर्णय  भारतिय दलालहरुको ईसारामा अाएको बताउदै सरकारको दिनगन्ति सुरु भएको गैरेको भनाइ छ।
गैरेले संबिधान कार्यान्यनका लागि सबै दलहरु एकजुट हुनुको बिकल्प नभएको बताउदै काङ्ग्रेस एमाले माअोबादी मिलेर संबिधान कार्यनयनका लागि सबैले दबाब दिनु पर्ने बेलामा सरकारले जनता बिरोधि काम गरेर जनतालाई अान्दोलनमा होमिन बाध्य बनाएको गैरेको दावी छ।