भोली किमडाँडाबाट सन्धिखर्कमा बिरोध जुलुस

अर्घाखाँचीमा बन्द, बिरोध निरन्तर जारी छ । 

अर्जुन भुसाल 
किमडाँडा, अर्घाखाँची मंसिर २५ ।  सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई टुक्राएर चार नम्बर प्रदेशमा लैजाने गरि संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि अर्घाखाँची  जिल्लाका गाउँ गाउँमा समेत  बिरोधका कार्यक्रमहरु भइरहेका छन् । 
सरकारले संविधान संसोधन प्रस्ताव दर्ता गराएर नागरिक-नागरिक बीचमा लडाइ सिर्जना गराउन खोजेको भन्दै नेकपा एमाले किमडाँडाले आन्दोलनलाई सशक्त पार्ने जनाएको छ ।
 किमडाँडाका पूर्व गाविस अध्यक्ष भरतमणि पौडेलको निवासमा बसेको वैठकले आन्दोलनलाई गाउँ गाउँबाट समेत चर्काउनु पर्ने भएकाले पार्टीका कार्यकर्ताहरुलाई आन्दोलनमा होमिन निर्देशन दिएको छ । एमाले किमडाँडाले आइतबार सन्धिखर्कमा हुने आन्दोलनमा  सयौं कार्यकर्ताका माँझ सहभागी हुने जनाएको छ ।  
। नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा ४ नम्बर इलाकाका इन्चार्ज  नारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकमा जिल्ला कमिटी सदस्य बिरबहादुर सुनार, पूर्व गाविस अध्यक्ष तथा एमाले जिल्ला आर्थिक विभागका सदस्य भरतमणि पौडेल, १० नम्बर वडाका इन्चार्ज इश्वरी प्रसाद भुसाल, १० नम्बर वडाका अध्यक्ष कमलप्रसाद पराजुली, प्रेस चौतारीका सचिव अर्जुन भुसाल लगायतको आतिथ्यता रहेको थियो ।
 कार्यक्रममा बोल्दै प्रमुख अतिथि  आर्यालले नेपाली नागरिककको चाहाना विपरित भारतको इसारामा  संविधान संशोधन प्रस्ताव दर्ता गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउनुभयो ।  उहाँले  आन्दोलनको बलमा सरकार संशोधन प्रस्ताव फिर्ता गर्न बाध्य हुने ठोकुवा गर्दै संशोधन प्रस्ताव फिर्ता नगर्दा सम्म आन्दोलनलाई थोरै पनि कमजोर पार्न नहुने बताउनुभयो । 
 
वैठक नेकपा एमाले सन्धिखर्क  ११ का  वडा  अध्यक्ष तुल्सी भुसालको अध्यक्षता र   विवि खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।