पणेना र मैदानमा शिक्षक अभिभावक र विद्यार्थीहरुका लागि पुर्ण सरसफाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न


प्रेम आचार्य
पणेना, अर्घाखाँची २६ मंसिर । अर्घाखाँचीको पणेना गाविसमा शिक्षक अभिभावक र विद्यार्थीहरुका लागि  पुर्ण सरसफाई सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
   नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पणेनाको आयोजना, फण्डबोर्डको सहयोग र लुम्विनी सामाजिक विकास केन्द्रको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा पणेना गाविसमा रहेका सबै विद्यालयका शिक्षक अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
   खानेपानी र सरसफाई सबैको सरोकारको विषय भएकोले विद्यालय स्तरबाट आफ्नो सेवाक्षेत्रलाई पुर्ण सरसफाईयुक्त विद्यालय सेवा क्षेत्र घोषणा गर्न पहल गरिने सहभागिहरुले प्रतिबद्धता जनाएका छन । 
   सबै विद्यालयले २०७३ सालको माघ मसान्त सम्म पुर्ण सरसफाईयुक्त सेवाक्षेत्र घोषणा गर्ने गरि सरसफाईका कार्य अगाडी बढाउने निर्णय भएको नेपाल राष्ट्रिय उच्च मावि पणेनाका प्रधनाध्यापक पुस्करराज पोख्रेलले बताए । 
   दुई दिने तालिमको सहजीकरण लुम्विनी सामाजिक विकास केन्द्रका सरसफाई अधिकृत प्रेम आचार्यले गरेका थिए । 
 
मैदानमा शिक्षक अभिभावक र विद्यार्थीहरुका लागि
पुर्ण सरसफाई सम्बन्धि  अभिमुखीकरण कार्यक्रम
यस्तै अर्घाखाँचीको मैदान गाविसमा शिक्षक अभिभावक र विद्यार्थीहरुका लागि  पुर्ण सरसफाई सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
   श्री कृष्ण माविको आयोजना, फण्डबोर्डको सहयोग र लुम्विनी सामाजिक विकास केन्द्रको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा मैदान गाविसमा रहेका सबै विद्यालयका शिक्षक अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
   खानेपानी र सरसफाई सबैको सरोकारको विषय भएकोले विद्यालय स्तरबाट आफ्नो सेवाक्षेत्रलाई पुर्ण सरसफाईयुक्त विद्यालय सेवा क्षेत्र घोषणा गर्न पहल गरिने सहभागिहरुले प्रतिबद्धता जनाएका छन । 
   सबै विद्यालयले २०७३ सालको फागुन मसान्त सम्म पुर्ण सरसफाईयुक्त सेवाक्षेत्र घोषणा गर्ने गरि सरसफाईका कार्य अगाडी बढाउने निर्णय भएको छ । 
   दुई दिने तालिमको सहजीकरण लुम्विनी सामाजिक विकास केन्द्रका टिम लिडर हरि पौडेल र फोकल प्रसन कृष्ण प्रसाद पौडेलले  गरेका थिए ।