अर्घाखाँचीमा जारी बन्द आन्दोलन २९ गतेसम्मका लागि स्थागित, ३० गते हुने जनसभालाई टोपवहादुर र चन्द्र भण्डारीले सम्बोधन गर्ने

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेश टुक्रयाउने गरी सरकारले संसदमा प्रस्ताव दर्ता विरुद्द अर्घाखाँची जिल्लामा जारी बन्द आन्दोलन ३ दिनका लागि स्थागित गरिएको छ । 
अर्घाखाँचीका प्राय ठाउँमा हुँदै गरेको कुलपूजा ( देवली ) लाई ध्यानमा राखेर जनतालाई सहज हुने गरी  मंसिर २७, २८ र २९ गतेसम्मका लागि आन्दोलनका सवै कार्यक्रमहरु स्थगित गरिएको सङघर्ष समितीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सभापती  विष्णु प्रसाद खनाल मुस्कानले बताए ।
अर्घाखाँचीमा लगातार बन्द, विरोध प्रर्दशनका कारण यातायात, कलकारखाना, उद्योगधन्दा लगायत सम्पूर्ण क्षेत्र ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ ।   
३० गते हुने जनसभालाई टोपवहादुर रायमाझी र चन्द्र  भण्डारीले सम्बोधन गर्ने 
साथै यहि मंसिर ३० गते सदरमुकाम सन्धिखर्कमा वृहत प्रदर्शन हुने भएको छ । 
वृहत जनसभालाई सम्बोधन गर्नका लागि नेकपा माओवादी केन्द्रका उपनेता तथा पुर्वमन्त्री अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मीका सासंद चन्द्र भण्डारी आउने भएका छन् । 
नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले पुस १ गते देखि ३ गते सम्म आमहडताको घोषणा गरेको बताए । 
आईताबार महिलाहरुले थाल हातमा लिएर जुलुस प्रर्दशन गरेका थिए ।