अमृत सम्झियर पिउन खोज्दा…………

        🌹धर्म रायमाझी दाङ🌹
 अमृत सम्झियर पिउन खोज्दा प्याला भरी”जहर”थियो त्यहा।
सुन्दर बस्ती बसाउन खोज्दा कोलाहलको”सहर”थियो त्यहा।
क्षितिज पारिको बादल हेरेरै दिनहरु बितेकै छन आज भोलि
फराकिलो समुन्द्रमा रमाउन खोज्दा साघुरो”नहर”थियो त्यहा।
यता  मनको मझेरी खाली थियो तिमिलाइ सजाउनको निम्ति
झुटका खेती गर्नेहरु भ्रम छर्नेको निकै ठुलो”लहर”थियो त्यहा।
नयनहरु टोलाइ रह्यो मन बिचलित हुँदै गयो आगमन नहुदा
समय सङ्गै बहकियौ तिमि सत्य अरु मै झुटो”ठहर”थियो त्यहा।
एकै पटक बिर्सन कहाँ सकिदो रैछ छोडी जाने निर्मोहिलाइ
छटपटाहट अनि तड्पाइको कहाली लाग्दो”प्रहर”थियो त्यहा।
अमृत सम्झियर पिउन खोज्दा…………
सुन्दर बस्ती बसाउन खोज्दा………….