सालझन्डी सन्धिखर्क ढोरपाटन सडक तिब्रगतिमा बिस्तार हुदै, यस बर्ष ६५ किलोमिटर ग्राभेल हुने, अर्घाखाँची रुपन्देही पाल्पा गुल्मी बाग्लुङको भबिष्य चम्कदै

फुदवाङ मुनी ढोरपाटन सडक । फाइल तस्बिर 
सुर्य प्रसाद भुसाल 
सन्धिखर्क अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  सन्धिखर्क सालझन्डी ढोरपाटन सडक निर्माण कार्यले अहिले तिब्रता लिएपछि स्थानिय बासिन्दा हर्षित हुन थालेका छन ।
रुपन्देहीको सालझन्डीबाट पाल्पा अर्घाखाँची गुल्मी बागलुङको ढोरपाटनसम्म ट्रयाक  खुला गरिएको सो सडकको निर्माण कार्य दुर्त गतिमा अगाडि बढिरहेको छ। बाटोको ट्रयाक खोल्ने काम बिगत तिन बर्ष अगाडि सम्पन्न भएको भएपनि गत अार्थिक बर्ष नाकाबन्दीका कारण काम दुर्तगतिमा अगाडि बढन नसकेको र यो बर्ष भने कामले तिब्रता पाएको सडकका प्रमुख सुरेश पौडेलले जानकारी दिनु भयो ।
सडक निर्माण कटिङ कल्भट निर्माण पुलहरु निर्माणको काम ब्यापक रुपमा अगाडि बढेको पौडेलले बताउनु भयो । रुपन्देहीको ५ किलोमिटर अगाडि कन्चन खोलादेखि गुल्मीको पुर्कोट दहसम्म ग्राभेल गर्नका लागि ठेक्का सम्झौता समेत भएर काम अगाडि बढेको र यस अार्थिक बर्षमा झन्डै ६५ किलोमिटर सडक ग्राभेल गर्ने तथा सालझन्डि देखि गुल्मि र बाग्लुङको सिमाना गगरे सम्म सडक दुई लेनको बनाउने कार्य यस बर्ष सम्पन्न हुने गरि काम भईरहेको पौडेलले बताउनु भयो ।
सडक प्रमुख सुरेश पौडेल ।
सडक निर्माणपछि रुपन्देही अर्घाखाँची गुल्मि पाल्पा र बागलुङका स्थानीयबासीहरुले फाइदा लिने छन भने छिमेकी जिल्लाहरुका स्थानिय बासिन्दाले पनि यसबाट प्रत्यक्ष फाइदा लिने छन । सडकको लम्बाई १ सय ९० किलोमिटर साल्झन्डि देखि ढोरपाटन सम्मको छ अहिले साल्झन्डि देखि ढोरपाटनसम्म गाडिहरु सुचारु हुने अबस्थाको सडक निर्माण भएको भएपनि कन्चन खोलामा केहि काम हुन बाँकी छ।
अार्थिक बर्ष २०७२/७३ मा साल्झन्डि देखि कन्चन खोला सम्मको पाँच किलोमिटर सडक बिस्तार तथा कालोपत्र गर्ने तथा कन्चन खोलाबाट गुल्मीको पुर्कोटदह सम्मका बिभिन्न ठाउँहरुमा काम सम्पन्न गर्ने कार्यालयले लक्ष्य राखेको थियोे । तर लक्ष्य अनुसारको काम भने नाकाबन्दी तथा तराईमा चलेको अान्दोलनका कारण ईन्धनको सम्स्याले गर्दा कामले तिब्रता नपाउदा काम सोचेजति सम्पन हुन नसकेको बुझिन्छ ।
सडकको कामले तिब्रता लिएको भएपनि सन्धिखर्कको चुत्राबेसी बजारमा ट्रयाक खोल्न स्थानियले नदिएपछि सडक कताबाट लैजाने भन्ने बिषयमा ब्यापक बिबाद भएको कारण समस्या उत्पन्न भएको छ । पटक पटक दलिय छलफल तथा सर्ब पक्षिय बैठक बसेपनि यसको उचित निकास निस्कन नसक्दा समस्या रहि अाएको छ । सडकमा पर्ने चार वटा ठुला पुलहरुको काम सुरु गरिएको भएपनि गच्छेखोलामा रहेको पुल निर्माण कार्य सम्पन्न भएको छ भने अन्य ठाउँमा पनि टेन्डर गरि काम सुरु गरिएको अायोजनाका प्रमुख सुरेस पौडेलले जानकारी दिनु भयो ।
पौडेल काम गर्ने र अनुभबि कार्यालय प्रमुख हुन । उनि परियोजनामा अाएपछि काम दुर्तगतिमा अगाडि बढेको स्थानीयको बुझाई छ । सडक सुचारु भएपछि सन्धिखर्कबाट सिधै साल्झन्डि जानका लागि गोरुसिङगे हुदै जानभन्दा  डेड घन्टा छिटो हुनेछ ।
सडक सुचारु भएपछि यस क्षेत्रका स्थानिय बासिन्दाको भबिष्य चम्कने तथा यस क्षेत्रका जग्गाको मुल्य समेत अाकासिने स्थानियको बुझाई छ। अहिले पनि सडक नजिक पर्ने बाटोका छिउहरुमा धमाधम घडेरीको रुपमा जग्गा बिक्रि बितरण सुरु भएको बुझिएको छ । सडक निर्माण सम्पन्न भएपछि पाँच जिल्लाको ब्यापार समेत बढने तथा सुरक्षित सडकको रुपमा यस सडकलाई लिईने बुझकारहरु बताउछन। सडकबाट लाखौं जनताले सेबा लिने छन । 

Image result for गच्छेखोला