उमेरमै अर्घाखाँचीका सफल ब्यबसायी बन्दै कबिराम र कृष्ण

 सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा बसेर निर्माण ब्यबसायीको रुपमा काम गर्दै अाएका ढाकाबाङ गाबिसमा जन्मिएर हाल सन्धिखर्कमा बसोबास गर्दै अाएका समाजसेवी कबिराम  खनाल तथा डिभर्नामा जन्मिएका कृष्ण बस्याल उमेरमै छर्ल्याङ मार्न सफल निर्माण ब्यबसायी बनेका छन ।
कबि खनाल (बाँया) र कृष्ण बस्याल ।
खनाल ब्रदर्स निर्माण सेबाका प्रमुख रहेका कबि खनाल अहिले ठेक्का पट्टाको कामबाट करोडौं कमाउनुको साथै राजनीति तथा समाजसेबा गर्ने युवा ब्यक्तिको रुपमा चर्चित छन । उनि सडक निर्माणको काम तथा पिच गर्ने कामका वरिष्ठ ठेकदारहरु ऋषिराम अधिकारी र काशीराम बस्याल मुनिका अनुभवी युवा ठेकदार ब्यबसायी हुन। ढाकाबाङ गाबिसका लोकप्रिय कबि खनाल स्थानीय निकायको निर्बाचन भए त्यहाँका चुनाब जित्ने बलिया उमेदवार समेत हुन । मिजासिलो र हसिलो स्वभावका खनाल जिल्लामा पनि सामाजिक काममा सक्रिय हुने गर्छन । सानै उमेरमा सफल निर्माण ब्यबसायी बन्न सफल बनेका कबि खनाल बिभिन्न संघसंस्थाहरुमा संलग्न छन। भने अर्का निर्माण ब्यबसायी कृष्ण प्रसाद बस्याल पनि अहिले सफल निर्माण ब्यबसायी बनेका छन ।
भबन निर्माणमा अनुभब प्राप्त बस्यालले बिभिन्न ठाउँहरु सुवर्णखालको स्वास्थ चौकी भबन खिदिमको प्रहरी चौकि भबन सन्धिखर्क नगरपालिकाको भबन निकै राम्रो र नमुना युक्त भबन बनाउन बस्याल सफल भएका छन ।
मुना निर्माण सेबाका प्रमुख बस्याल ईमानदार सोझा ब्यबसायी हुन ।  उनि सादा जिबन उच्च बिचार बोकेका निर्माण ब्यबसायीको रुपमा चर्चित छन ।