डिर्भनामा सूचनाको अधिकार सम्बन्धी कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
डिर्भना, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १४ र १५ का स्थानियलाई लक्षित गरि सूचना तथा सुशासन अभियान, सिआईजीले हिजो बिजय उमावि डिर्भनामा सूचनाको अधिकार सम्वन्धमा स्थानियलाई जानकारी गराएको छ । 
सिआईजीका अध्यक्ष मुक्तिनाथ भुसालले भिजुअल मार्फत संबैधानिक गहनामा सिमित बनेको सूचनाको हकलाई आफु अन्यायबाट बँच्न र अधिकारहरु स्थापित गर्नका लागि प्रयोगमा ल्याउनु पर्ने बताउनु भएको थियो । कुनै पनि सार्वजनिक निकायमा काम लिनका लागि पहुँचवालालाई हजुर भन्न भन्दा सिधै सूचना अधिकारीलाई भेटेर आवस्यकीय सेवा सुविधा लिन र समस्या आएका आफुलाई समर्पक गर्न अनुरोध गरेपछि सहभागीहरुमा खुशियाली भित्रिएको थियो । 
कार्यक्रम वार्ड सचिव कुलदिप भुसालको अध्यक्षता, बिजय उमाविका प्रर्चाय भुपाल आर्चायको प्रमुख आथित्यता, सिआईजी सल्लाहाकार प्रेम खडकाको खटनपटन र सिआईजी सहसचिव नविन केसीको सन्चालन सम्पन्न भएको थियो । 
उक्त कार्यक्रमका सहभागीहरुले सिआईजीको खुलेर प्रंशसा गर्नुको साथै कारणवश आफुहरु कार्यक्रममा नआएको भए पश्चताप पर्ने बताएका थिए । 
साथै कार्यक्रममा सहभागी सार्वजनिक निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई सूचनाको हकलाई झल्काउने होडिङ्ग बोर्ड र आवस्यकिय पाठयसामाग्रीहरु सिआईजीद्धारा निशुल्क बितरण गरिएको थियो ।
तस्बिर: सिआईजी