६२/६३ को जनआन्दोलनपछि पहिलोपटक अर्घाखाँची ठप्प, जनजीवन प्रभावित (फोटोहरु)


सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेशलाई टुक्राउने सरकारले गरेको निर्णय बिरुद्ध अान्दोलनमा उत्रिएका अान्दोलनकारीले अर्घाखाँची ठप्प पारेका छन ।
जिल्लामा सरकारी कार्यालय समेत अाज ठप्प भएका छन । अान्दोलनकारीहरुले अाज कार्यालयका कामहरु ठप्प पारेको यो अर्घाखाँचीमा ६२/६३ को जनआन्दोलनपछि पहिलोपटक हो जिल्लामा अान्दोलन अत्यन्तै चर्किएको छ ।
अामहड्ताका कारण उधोग धन्दा कलकारखाना शिक्षण स्स्था यातायात सरकारी कार्यालय तथा सबै कार्यक्रमहरु समेत ठप्प पारेका हुन । सरकारी कार्यालयमा अान्दोलनकारीहरु बिहान ९ बजे नै प्रबेश गरि कर्मचारीहरुलाई काम नगर्न तथा कार्यालयमा प्रबेश नगर्न अाग्रह गरेपछि कर्मचारीहरु कार्यालय प्रबेस नगरेको दृस्य देखिएको थियोे ।
कर्मचारीहरु दिनभर टुडिखेलमा बसेका थिए । अामहड्तालका कारण  बजार निकै सुनसान थियोे भने अान्दोलनकारीहरुले दिनभर शान्ति बगैचा चोकमा नाचगान गरेर रमाइलो गरेका थए । बन्द तिन दिन सम्म ठप्प हुने अान्दोलन परिचालन समितिका अध्यक्ष तथा काङ्ग्रेस अर्घाखाँचीका सभापति बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।
कर्मचारीहरु घाम ताप्दै । तस्बिर: फेसबूकबाट