सबै काम ठप्प पारेर अान्दोलनमा उत्रिए अर्घाखाँचीका निर्माण व्यवसायीहरु, यसो भन्छन् अध्यक्ष ऋषिराम, वरिष्ठ उपाध्यक्ष बस्याल

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारीले ५ नम्बर प्रदेश टुक्राउने सरकारको निर्णय बिरुद्ध सबै एकजुट भएर लड्नु पर्ने बताउनु भएको छ ।
उहाले अान्दोलनलाई उचाइमा पुराउनु हामी सबैको दायित्व भएको बताउदै सरकारले निरङकुस शैली लादन खोजेको अारोप लगाउनु भयो । तराईका जिल्लाहरु पहाडबाट अलग गरे त्यसको गम्भीर परिराम सरकारले ब्योहर्नु पर्ने बताउदै उहाले सबै निर्माण व्यवसायीहरु काम ठप्प पारेर अान्दोलनमा उत्रिएको उहाले दावी गर्नु भयो । ५ नम्बर प्रदेस टुक्राउने सरकारको निर्णय जनताको अान्दोलनबाट फेल हुने उहाको भनाइ छ। 
त्यस्तै निर्माण ब्यबसायी संघका वरिष्ठ उपाध्यक्ष काशीराम बस्यालले तराईका जिल्लाहरुबाट पहाडका जिल्ला छुट्टाउने सरकारको निर्णय बिफल भएको बताउनु भएको छ । निर्माण ब्यबसायी संघको कार्यालयमा अर्घाखाँची डटकम सित कुरा गर्दै उहाले जनतालाई राम्रो र सजिलो हुने गरि सरकारले काम गर्ला भन्दा उल्टो जनतालाई सडकमा अाउन सरकारले बाध्य बनाएको उहाको भनाइ छ ।
ऋषिराम अधिकारी (बाँया) एवम काशीराम बस्याल ।
निर्माण ब्यबसायीहरु समेत अहिले अान्दोलनमा उत्रिएका छन । सदरमुकाम लगायत अासपासका क्षेत्रमा निर्माण ब्यबसायी संघ अर्घाखाँचीका पदाधिकारी सदस्यहरु अान्दोलनमा खटिरहेका छन । उनिहरुले अाफ्ना निर्माणका काम छोडेर अान्दोलनमा उत्रिएका हुन ।
संयुक्त सङघर्ष समितिले गरेको अाम हडतालमा पुरै जिल्लाबासीले ठुलो साथ दिईरहेका छन ।
 अान्दोलनमा ऋषिराम अधिकारी ।