हाम्रो प्यारो अर्घाखाँची गिती एल्बम सन्धिखर्कमा बिमोचन (भिडियो सहित )

( पहिलो प्रकासित मिती: २०७३ पौष १, शुक्रवार)
”हाम्रो प्यारो अर्घाखाँची” म्युजिक एल्बम 
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ”हाम्रो प्यारो अर्घाखाँची” गिती एल्बम शुक्रबार सदरमुकाम सन्धिखर्कमा विमोचन भएको छ ।
अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक, एतिहासिक, पुरातात्त्विक, पर्यट्कियलाई समेटेर बनाइएको गिती एल्बमको एक समारोहका बिच प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटबाल, स्थानीय बिकास अधिकारी प्रदीप पौडेल, नेपाल साँस्कृतिक संस्थानका पुर्ब जिएम लक्ष्मण रायमाझी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र रास्टिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपालका जिल्ला अध्यक्ष सहयोगी बिसीले संयुक्त रुपमा बिमोचन गर्नु भयो ।
कार्यक्रममा कटुवालले मेरो प्यारो अर्घाखाँची गितिचीत्र एकदमै राम्रो भएको भन्दै प्रशंशा गर्नुभएको थियो ।
कलाकार वसन्त लम्सालको लय तथा स्वर बिश्वास नेपाल, जमुना सनम, कल्पना श्रीपालको स्वर रहेको छ ।
यस एल्बममा जिल्लाका थुप्रै पर्यटकिय स्थानहरू सुपा देउराली अर्घाको दरबार, खाँची मैदान, मथुरा बेसी, बल्कोट पौवा , खिदिमको साततले गुफा, फुदवाङ, खनको जालकाडा, पृथ्वी नारायण शाहको मावली डिहिडाडा श्री चन्द्र प्रभा उमाबि त्यसैगरी पालीको कमला उ.माबी, ठाडाको डमरु दह, नरपानी चुनढुङगा लगायत थुप्रै ठाउँमा गई छायाङ्कन गरिएको छ ।
यसलाई अर्घादरबार फिल्मस प्रा.लीले बजारमा ल्याएको छ ।
विमोचन कार्यक्रम कृष्ण आचार्यको अध्यक्षता, विश्वास नेपालको स्वागत र सागर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।
जिल्लाका विभिन्न कलाकारले अभिनय गरेको सो गीति क्यासेट अति नै राम्रो भएको र यसले आन्तरिक र बाह्यय पर्यटकिय बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ ।
तस्बिर: फेसबूकबाट

अन्य समाचारहरु