आमहड्तालले अर्घाखाँचीको जनजीवन प्रभावित

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेशलाई टुक्राउने सरकारको निर्णय बिरुद्ध आव्हान गरिएको ३ दिने आमहड्तालले अर्घाखाँची जिल्लाको जनजीवन प्रभावित भएको छ । 
संघर्ष समितिले आव्हान गरेको आम हड्तालका कारण अर्घाखाँचीका सम्पूर्ण शिक्षण संस्था, उद्योगधन्दा, बजार, पसल तथा यातायात पूर्ण रुपमा ठप्प भएका छन् । बन्दका कारण अर्घाखाँचीमा सरकारी कार्यालयहरु समेत प्रभावित भएको छ ।
यस्तै आम हड्तालको दोस्रो दिन आज पनि अर्घाखाँचीका सम्पूर्ण बजार तथा यातायात पूर्ण रुपमा बन्द रहेको र आम हड्ताल सफल पार्न भन्दै प्रदर्शनकारीहरु ठाउँ-ठाउँमा भेला भएका छन् । 
५ नम्बर प्रदेशका पहाडी जिल्लालाई टुक्राउने गरि मंसिर १४ गते राति संसद सचिवालयमा संबिधान संशोधन प्रस्ताव दर्ता गरेपछि अखण्ड पाँच नम्बर प्रदेशको माग गर्दै १६ दिन सम्म लगातार बिरोध र प्रदर्शनमा उत्रिदापनि सरकारले चाँसो नदेखाएको भन्दै अखण्ड पाँच नम्बर प्रदेश संयुक्त संघर्ष समिति अर्घाखाँचीले शुक्रबारबाट  आइतबार सम्म आम हड्तालको आव्हान गरेको हो।

अन्य समाचारहरु