अर्घाखाँचीमा आमहडतालको तेस्रो दिन जनजीवन पूर्ण रुपमा ठप्प (फोटोहरु)

भिडियो: बिनोद गैरे 
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पाँच नं प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले अर्घाखाँचीमा गरेको आमहडतालका कारण आज तेस्रो दिन  जिल्लाको जनजीवन पूर्ण रुपमा ठप्प रहेको थियो ।
अामहड्तालका कारण  जिल्लाका सम्पुर्ण सरकारी कार्यालयहरू सहित जिल्ला सम्पूर्ण क्षेत्रहरू ठप्प रहेका थिए । बन्दकर्ताले जिल्लामा रहेका सरकारी कार्यालयमा तालाबन्दी गरेका थिए ।  जिल्ला प्रशासन कार्यालयसमेत बन्द रहेको थियो ।
उता आम हडतालको तेस्रो दिन आन्दोलनकारीहरु अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका थिए । सयौंको संख्यामा भेला भएका आन्दोलनकारीले सन्धिखर्क र चुत्रावसीबजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको गेटमा गएर धर्ना दिएका थिए । 
संघर्ष समितिले आव्हान गरेको आम हड्तालका कारण अर्घाखाँचीका सम्पूर्ण शिक्षण संस्था, उद्योगधन्दा, बजार, पसल तथा यातायात पूर्ण रुपमा ठप्प भएका थिए ।  बन्दका कारण अर्घाखाँचीमा सरकारी कार्यालयहरु समेत प्रभावित भएको भएका थिए ।

अन्य समाचारहरु