सानो उमेरमै अरबौका मालिक बन्दै मोडलिङमा लागे अर्घाका बाबुराम भुसाल
पौष ३ गते, २०७३ मा प्रकाशित
सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घा गाबिसमा जन्मिएका समाजसेवी बाबुराम भुसाल सानो उमेरमै अरबपति बन्न सफल भएका छन ।
अर्घामा जन्मिए र हाल सन्धिखर्कमा बसोबास गर्दै अाएका बाबुराम अहिले जग्गाको कारोबारबाट अरबपति बन्न सफल भएका हुन । केहि समय खाडी मुलुकमा बसेर मिहिनत गरि नेपाल फर्किएका भुसालले अाफ्नै ठाउँमा केहि गर्नु पर्छ भन्ने सोचले जग्गाको ब्यापार सन्धिखर्कमा शुरु गरेको बताउछन ।
भुसालले अहिले अर्घाखाँची, रुपन्देही, कपिलबस्तु, दाङ लगायतका जिल्लाहरुमा जग्गाको कारबार गर्ने सफल ब्यापारीको रुपमा सफल छन ।
अर्घाखाँची जिल्लामा पहिलोपटक उनले अर्घा मिनिरल वाटर कम्पनी सुरु गरेर जिल्लामा स्वस्थ पानी खुवाउन सुरु गरेका युवा व्यवसायी भुसालले अर्घा जीमहाउस कम्पनी सन्चालनमा ल्याएका छन ।
यस्तै उनि अहिले सामाजिक काम गर्नुको साथै नृत्य गर्नुको साथै राम्रो मोडल बन्न सफल भएका छन । कलाकारितामा रुचि देखाएका बाबुराम भुसाल अहिले चार वटा गितमा मोडलिङ गरेका छन । भर्खरै अर्घाखाँचीमा बिमोचन भएको ”हाम्रो प्यारो अर्घाखाँची” भन्ने गितमा समेत बाबुराम भुसाल मोडल रुपमा खेल्नु भएको छ ।
भुसाल खेलेका प्राय गितहरु निकै चर्चित हुन पुगेका छन । उनले अाफु खेलेको गित हेर्नका लागि सबैलाई अाग्रह समेत गरेका छन् ।