हत्याको बिरोधमा अर्घाखाँची बन्दले जनजीवन प्रभावित, प्रजिअ कटुवाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिबारीको हत्याको बिरोधमा युवा संघ नेपाल अर्घाखाँचीले गरेको बन्दका कारण अर्घाखाँची जिल्लाको जनजिबन दिनभर कस्टकर बनेको छ।
बन्दका कारण अर्घाखाँचीका उधोग धन्दा कलकारखाना शिक्षण संस्था, यातायात, बजार दिनभर पूर्ण रुपमा ठप्प भएको छ। बन्दका बेला युवा संघका कार्यकर्ताहरुले चोक चोकमा दिउसो बिहान नाराबाजी गर्दै हत्यारा पत्ता लगाई कार्बाहि गर्न सरकार समक्ष उनिहरुले जोडदार माग गरेका छन ।
युवा संघ अर्घाखाँचीले रुपन्देही अध्यक्ष दुर्गा तिबारीको घटना प्रति गहिरो दुख ब्यक्त गर्दै हत्यारा पत्ता लगाई कडाभन्दा कडा कार्बाहिको माग गरेको युवा संघ अर्घाखाँचीका अध्यक्ष गोबिन्द आचार्यले बताउनु भयो ।
युवा संघले मंगलबार प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई तिबारी हत्याका अपराधीहरु पत्ता लगाई कार्बाहि गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।
युवा संघ लगायत तिबारीको हत्याको नेकपा एमाले अर्घाखाँचीले घोर निन्दा तथा भर्सना गरेको एमाले अर्घाखाँचीका उपसचिब प्रेमनारायण गैरेले डटकमलाई बताउनु भयो ।
उता ५ नम्बर प्रदेशलाई टुक्राउने सरकारले ल्याएको संसोधन प्रस्ताबको बिरुद्दमा उत्रिएका अर्घाखाँचीबासीहरुले अाज सन्धिखर्कमा सिट्ठी जुलुस समेत प्रदर्शन गर्दै प्रस्ताबको बिरोध गरेका छन । पुर्ब घोषित अान्दोलनका कार्यक्रम अन्तरगत जुलुस निकालिएको सङघर्ष समितिका संयोजक बिष्णु प्रसाद खनाल मुस्कानले बताउनु भयो ।

अन्य समाचारहरु