सुर्य प्रसाद भुसाल
ठुलापोखरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा माअोबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा अर्घाखाँचीका संयोजक ठाकुर कुमार बिक किशोरले स्थानिय निकायको निर्बाचनलाई केन्द्दित गरेर संगठन निर्माणमा जुटनका लागि कार्यकर्ताहरुलाई अाग्रह गर्नु भएको छ ।
नेकपा माअोबादी केन्द्र छत्रगन्जले तथा ठुलापोखराले छुट्टाछुट्टै अायोजना गरेको एकता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बिकले सरकारले बाध्यताका बाबजुद ल्याएको संविधान संसोधन प्रस्ताव फिर्ता लिनका लागि अाग्रह गर्दै प्रस्ताव फिर्ता लिनु नै सरकारको बुद्धि मानि हुने बताउनु भयो । उहाले २०७४ माघ ७ गते भित्र स्थानिय निकाय लगायत तिन तहको निर्बाचन गर्ने तर्फ सरकार लागेको बताउदै गाउँ टोल बस्ति बस्तिहरुमा संगठन निर्माण घरदैलो अभियान तथा चुनाब केन्द्दित कार्यक्रमहरु अगाडि बढाउनका लागि उहाले कार्यकर्ताहरुलाई अपिल गर्नु भयो ।
नेता बिकले अागामी निर्बाचनमा नेकपा माअोबादी मुलुकको सबैभन्दा ठुलो पार्टी बन्ने बताउदै जनताको चाहान बमोजिमका काम गर्न सरकार लागि परेको बताउनु भयो । उहाले सरकारले राम्रो काम गरेको देखेर देशविदेशी शक्तिहरुले सरकारलाई असफल बनाउन चलखेल गरेको बताउदै सरकार पूर्ण रुपमा सफल रहेको दावी गर्नु भयो ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि माअोबादी केन्द्रमा प्रबेस गर्नेहरुलाई नेता ठाकुरले स्वागत गर्दै पार्टीमा प्रबेश गराउनु भएको थियोे ।
कार्यक्रममा जिल्ला सचिबालय सदस्य माधब पन्थि जिल्ला नेता प्रदिप कुमार शाह, कृष्ण सारु लगायतले छत्रगन्जमा मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम गाउँकमिटिका अध्यक्ष नबराज रायमाझीको अध्यक्षतामा सम्पन्न भएको थियोे भने ठुलापोखरामा गुणानिधि बन्जाडेको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियोे ।
माअोबादी केन्द्र अर्घाखाँचीले वार्ड वार्डमा जाउ नेकपा माअोबादी केन्द्रलाई बिजयी बनाउ भन्ने मुल नाराका साथ गाउँमा एकता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको नेता ठाकुर कुमार बिकले जानकारी दिनु भयो ।