अर्घाखाँचीमा भुकम्प अाबास तथा पुन: निर्माण लगत संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । भुकम्प अाबास तथा पुन: निर्माण लगत संकलन कार्यक्रम अन्तरगत राजनैतिक दल तथा अन्य सरोकारवालाहरुका बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला लगत संकलन ब्यबस्थापन कार्यालय अर्घाखाँचीको अायोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममामा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जिल्लामा प्रभावितहरु भएको भएमा कहि पनि नछुटुन र कोहि नछुटुन भन्ने उदेश्यले लगत संकलन सुरु गर्न लागिएकोले सहयोग गर्न जिल्लाबासीहरुलाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा स्थानिय बिकास अधिकारी प्रदिप पौडेलले जिल्लामा रहेका भुकम्प पिडितहरु छुटन नहुने बताउदै जिल्लामा रहेका सबै ठाउँमा अनुगमन गरिने र भुकम्प पिडितहरुलाई राहत दिने बताउनु भयो । जिल्लामा १७ सय ५९ जनाको पिडित भएको भनि निबेदन परेकोले सबैको अनुगमन गरिने बताउनु भयो । उहाले सहयोगको अपेक्षा अाफुहरुले गरेको पौडेलले बताउनु भयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जगन्नाथ तिबारी, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत चोपलाल बेल्बासे, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य नेत्र प्रसाद भट्टराई, नेकपा एमालेका सचिबालय सदस्य जनार्दन खनाल, नेकपा माअोबादी केन्द्रका पोलिटब्युरो सदस्य ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका पसुपति ढकाल, राप्रपाका देबि बहादुर खड्का, जनमुक्ति पार्टीका टोप बहादुर बलाल, परिबार दलका डिल्लि राज भुसाल,  नयाँ शक्तिका बिष्णु ढुङगाना लगायत पत्रकारहरु नागरिक समाजका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियोे ।
कार्यक्रममा भावी कार्यक्रमका बारेमा पुननिर्माण प्राधिकरणका कर्मचारीहरुले जानकारी गराएका थिए ।
अर्घाखाँचीमा अागामि १५ गतेबाट लगत सकलन गरिने जानकारी गराईएको थियोे । 

अन्य समाचारहरु