अर्घाखाँचीमा हर्न लगाएर ध्वनि प्रदर्शन

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई विभाजन गर्ने प्रस्ताव विरुद्द अर्घाखाँची जिल्लामा हर्न लगाएर ध्वनि प्रदर्शन गरिएको छ ।
शनिवार दिउसो १ बजेबाट २ बजेसम्म सदरमुकाम सन्धिखर्क देखि पत्थरकोट सम्म सवारीसाधनहरुले हर्न बजाएर ध्वनी प्रदर्शन गरेका हुन् ।
देउराली यातायात व्यवसायी समिति तथा पश्चिम नेपाल वस व्यवसायी संघका साथै साना, ठुला सवारीसाधनहरु ट्रक, ट्याक्टर,  कार, भ्यान लगायतले हर्न बजाएर प्रदर्शन गरेका थिए ।
हर्न प्रदर्शन पछि कोणसभाको आयोजना गरिएको थियो । उक्त सभामा  मन्तव्य राख्दै सङघर्ष समितीका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले सरकारले प्रदेश नम्बर ५ लाई टुक्रयाउने संशोधन प्रस्ताव फिर्ता नलिएकोले ध्वनी प्रदर्शन गरिएको बताए ।
साथै संयोजक मुस्कानका अनुसार भोली आईतबार दिउसो १२ बजेबाट १ बजेसम्म जनताहरु सडकमा उतार्ने र दिउसो नै १ देखी २ बजेसम्म अर्घाखाँची जिल्ला ठप्प पारिने भएको छ ।