अर्घा धरमपानीका क्यान्सर पीडित गन्धर्वलाई कतारबाट आर्थिक सहयोग

क्यान्सर पीडित प्रकाश गन्धर्व  । 
कमला पोख्रेल
सन्धिखर्क, अर्घाखाँची १० पुस  । सन्धिखर्क १३ अर्घा धरमपानीका क्यान्सर पीडित प्रकाश गन्धर्वलाई आर्थिक अभावका कारण उपचार गर्न समस्या उत्पन्न भएको छ । सारंगी बजाएर गुजारा गर्ने गन्धर्ब परिबारमा गरिबीको कारणले उपचार गर्न समस्या भएको हो । 
आर्थिक अभावका कारण रोग पालेर बस्न बाध्य भएका उनको सहयोगमा कतारमा रोजगारी गर्ने  युवाहरुले आर्थिक सहयोग संकलनमा जुटेका छन्  । 
कतारमा रहेका अर्घा धरमपानीका युवा नारायण रानाको  पहलमा सहयोग अभियान सञ्चालन गरिएको हो । उनीहरुले झण्डै ९३ हजार रुपैया संकलन गरि पठाइदिएका छन् । 
  पाखुरामा अस्वभाविक ढंगले ट्युमर बढ्दै गएपछि उनी चिन्तामा परेका छन् । आर्थिक सहयोग जुटेपछि उनलाई परिवारले उपचारका लागि चितवन लगेर किमो चढाइएको छ । अझै पनि आर्थिक समस्या भएको छ । 
प्रकाश धन कमाइ परिवारलाई सुख दिने अभिलाषाका साथ कतार गएका थिए । कतारमै रोगले समातेपछि उनी छिट्टै घर फर्कनु पर्यो । घर आएपछि पनि उनी लामो समय सम्म पीडासँग जुधेर बसेका छन ।  
 सारंगी बजाएर अरुले दिएको अन्न तथा पैसाले परिबार पालेका उनका बुबाको पनि दुइ वर्ष अघि प्यारालाइसिसका कारण  निधन भएको थियो । कमाउने छोरालाई क्यान्सर भएपछि उनको  परिवारमा बिचल्ली छाएको  छ । 
 

अन्य समाचारहरु