रोइरहेको मेरो देश

अख्तर  अलि 
 लमही दाङ
आज मेरो देश  कता तिर  जाँदै छ। जहाँ   अदालत जस्तो पबित्र  न्यायको मन्दिरमा कलोमोसो   दलिन्छ। जहाँ  सि के राउत जस्ता   समाजका भाइरसहरु देश लाई    टुक्र्याउछु  भन्दै   खुलेआम  हिडिरहेको छ तर अफ्सोस यो हाम्रो नालायक   सरकार  कानमा तेल  हालेर बसिराको छ।  देशमा जताततै  प्रदेशको  नाममा आन्दोलन चर्किएको छ।  कसैलाई  कुन राज्य चाहियो कसलाई कुन राज्य चाहियो  आखिर किन यो सब  एकाएक   दिन प्रती दिन  बढीरहेको छ ?आखिर  किन मेरो देश   दिन प्रती दिन रोहिरहेको छ ।
आखिर  किन पहिला जस्तो बुद्धको देशको देशको रुपमा  स्थान ओगट्न सकिरहेको   छैन? कतै   यस्तोमा  कुनै बाह्रय   शक्तिको त  हात छैन??? यस्तो   हुनुमा  यदि बाह्र्य शक्ति  भयता पनि के  हामी नेपाली एक आपसमा  मिलेर बस्न सकिँदैन र??प्रस्न आफैमा मौन छ।के अरुले लडाउन खोजिरहेको छ भनेर हामी नेपाली ले सदियौ देखि मिलेर आएको सद्भावना  लाई तोडने त?  
  
अब हामी  युवा  जाग्ने बेला आएको छ आखिर कहिले सम्म हामी  चुप लगेर बस्ने? देश लाई  भ्रस्टाचारि  नेताहरु ले सखाप   पार्न लागिसके। पेट्रोल तेल मा 2 रुपैया बढ्दा  सडक  तताउन सक्नेले   देश्को कुरा आउदा  चाहिँ   फेस्बुक अनि चिया पसलमा मात्र कुरा गरेर समस्याको समाधान  होइन।यहाँ  देशको सवाल छ।। हे नेपाल आमा एउटा  असल सपूत जन्माइदेउ जस्ले यो देश लाई सफल तथा   समृधी को  गोरेटोमा 
अगाडि   बढाउन सकोस् ।।।। 
आज  मेरो देश  रोइरहेको छ।।।।। 
जाग युवा जाग।।।।।