मैदानको घाॅसखोला-केम्राघारी मोटरबाटोमा पहिलो पटक गाडी आएपछि खुशीयाली

डिल्ली राज घिमिरे
मैदान, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मैदान गाबिसको अमिल डाँडा घाॅसखोला हूदै केम्राघारी मन्दिर सम्म मोटरबाटो उद्घाटन भएको छ ।
केम्राघारी मन्दिरसम्मको मोटरबाटोमा पहिलो पटक गाडी आएपछि स्थानिय टोलबासीमा खुशी एवम उमङ्ग छाएको छ । 
सालझण्डी ढोरपाटन खण्डको मध्य खण्ड पर्ने यो मोटरबाटो स्थानीय श्रमदान र आर्थिक लगानीमा गत वर्ष तयार भएको थियो ।
स्थानिय टोपलाल गैरे, भिमलाल घिमिरे र फर्स वहादुर घिमिरे क्षेत्रीको पहलमा वाटो सम्पन्न वनाउने काम भएको थियो ।
 तस्वीर: टोपलाल गैरे/मैदान अर्घाखाँची

अन्य समाचारहरु