अर्घा बेल्टारीमा छोराको जन्म दिनमा ३६ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

कमला पोख्रेल
 सन्धिखर्क, अर्घाखाँची ११ पुस । अर्घाखाँचीको अर्घा बेल्टारी निवासी युवराज थापा र कमला थापाले आफ्नो छोराको जन्म दिनको अबसरमा ३६ जना वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । 
 बैदेशिक रोजगारीको लागि ईजरायलमा रहेका थापाले छोरा युकेस थापाको १० औ बर्षको जन्म दिनको अबसरमा स्थानीय जनसेवा प्राथमिक विद्यालयका वालवालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको हो । 
  शिक्षु देखि ३ कक्षा सम्मका ३६ जना विद्यार्थीलाई १५ दर्जन कापी,४० दर्जन पेन्सिल र ६ वटा डायरी बितरण गरिएको आमा कमला थापाले जानकारी दिइन । शिशुु कक्षाका १६ जनालाई प्रति विद्यार्थी तीन कापी एक दर्जन पेन्सिल र १देखि ३ कक्षाका २० जनालाई प्रति विद्यार्थी आधा दर्जन कापी र एक दर्जन पेनिसलका दरले वितरण गरिएको हो । विद्यालयका शिक्षिकाहरुलाई डायरी र पेन सेट समेत प्रदान गरिएको थियो । 
  छोराको जन्मदिनको अबसर पारेर स्थानीय वालवालिकालाई पढ्न लेख्न सजिलो होस भनेर शैक्षिक सामाग्री वितरण गरिएको ईजरायलमा रहेका युवराज थापाले बताए ।