सन्धिखर्कमा इन्स्योरेन्स कम्पनीको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची शाखाको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अभिकर्ता अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा तस्विर : घनश्याम पौडेल
प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकुत मनोज कुमार भट्टराई प्रमुख अतिथ्यता, वजार व्यवस्थापक कैलाश देवकोटा, अभिकर्ता सेवा विभाग प्रमुख प्रभात शिवाकोटी, पश्चिमाञ्चल क्षेत्रीय प्रमुख शिव पौडेल, बुटवल शाखा प्रमुख रिता केसी लगाएतको आतियतथा सम्पन्न भएको हो ।
अभिकर्ताहरूलाई जागरुक गराउने, प्राईम लाईफ मोवाईल एपको बारेमा जानकारी, जीवन बिमाको बारेमा जानकारी गराईएको थियो । कार्यक्रम अर्घाखाँची शाखा प्रमुख नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा २८ जना अभिकर्ताको सहभागिता रहेको थियो । 

अन्य समाचारहरु