राजनीतिमा छलेयाङ मार्दै एमाले अर्घाखाँचीका युवा नेता गैरे

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची पौष १४ गते । नेकपा एमाले अर्घाखाँचीका उपसचिव एबम युवा नेता प्रेमनारायण गैरे राजनीतिमा छलेयाङ मार्न सफल भएका छन ।
अर्घाखाँची जिल्लाको नुवाकोट चिउरामाटि स्थायी घर भएका गैरे अहिले नेकपा एमाले निकट बिधार्थी संगठनको अर्घाखाँची जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुदै राजनीतिमा प्रबेस गरेका गैरे जिल्लाका सफल तथा चतुर नेताको रुपमा परिचित छन ।
गैरे पाणिनि बहुमुखि क्याम्पसको स्वबियु सभापति समेत बनेर क्याम्पसमा रचनात्मक काम गर्ने नेताको रुपमा समेत चर्चा कमाउदै नेकपा एमाले अर्घाखाँचीको जिल्ला सदस्य तथा सचिबालय सदस्य प्रचार बिभाग प्रमुख हुदै नेकपा एमाले अर्घाखाँचीको उपसचिबमा सबै भन्दा धेरै भोट ल्याउने र बिजयी हुने नेता हुन । अहिले नेकपा एमालेको अधिबेशन अाउदै गर्दा गाउँ गाउँमा गैरेलाई जिल्ला अध्यक्ष बनाउने चर्चा समेत कार्यकर्ताले गर्न थालेका छन ।
नेकपा एमाले अर्घाखाँचीको फागुनमा अधिबेशन हुने चर्चासगै गैरेलाई अध्यक्ष बनाउनका लागि गाउँका कार्यकर्ताले लभिङ सुरु गरेको ऐक नेताले डटकमलाई बताए ।
राजनितीसंगै गैरेले सामाजिक क्षेत्रमा समेत लामो समयदेखि काम गर्दै अाएका छन । प्रकाश सचेतन समुह प्राग मार्फत अर्घाखाँची जिल्लाका धेरै गाबिसहरुमा गैरेको नेतृत्वमा सामाजिक संस्थाले गर्ने काम समेत भएका छन ।
प्रागले बिभिन्न खालका सामाजिक तथा चेतना मुलक काम गर्ने गरेको छ । अहिले सिद्दारा गाबिसमा हेफर मार्फत बाख्रा बितरण तथा तालिम महिला शसक्तिकरणका कार्यक्रम चलिरहेका छन भने पुर्ण सरसफाइ अभियान जस्ता कामहरु प्रागले गर्ने गरेको छ । त्यस संस्थाको प्रमुख समेत प्रेम नारायण गैरे हुन । 
नेकपा एमाले भित्र पार्टीका जल्दाबल्दा युवा नेताको रुपमा परिचित गैरे उमेरमै राजनीतिक छलेयाङ मार्ने नेता हुन ।