हरियो वन कार्यक्रम प्रथम चरण सम्मान कार्यशाला गोष्ठी सन्धिखर्कमा सम्पन्न

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । हरियो वन कार्यक्रम प्रथम चरण सम्मान कार्यशाला गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीको अायोजनामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष भिम  प्रसाद खड्का केन्द्रीय सदस्य ठाकुर भन्डारी ईश्वरा पोख्रेल नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति शान्ता भन्डारी, नेकपा माअोबादी केन्द्रका राजेन्द्र प्रसाद आचार्य, राष्ट्रिय जनमोर्चाका जिबनारायण खनाल जिल्ला भुसंरक्षण कार्यालयका प्रमुख सम्पुणानन्द गिरि, उधोग बाणिज्य संघका महासचिब नेत्र प्रसाद भुसाल, गैरसरकारी संस्थाका अध्यक्ष ठाकुर अधिकारी, सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला उपाध्यक्ष रामचन्द्र पोख्रेल लेखनाथ भुसाल काङ्ग्रेस नेता ज्ञान बहादुर बिक पत्रकार महासंघका उपाध्यक्ष हिमबहादुर जिसि प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल प्रेस चौतारीका सचिब अर्जुन भुसाल प्रगतिशील पत्रकार संघका गोपाल भट्टराई पत्रकार बसन्त श्रेष्ठ तेजेन्द्द पान्डे  बिष्णु मल्ल ठकुरी लगायतले सामुदायिक बनहरुले गर्ने काम कार्बाहि तथा अहिले सम्म भएका कामका बारेमा सुझाब तथा सल्लाह मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम माधब श्रेष्ठको अध्यक्षता मधुकुमार श्रेष्ठको स्वागत मन्तब्य मिश्रा आचार्यको सन्चालनमा भएको कार्यक्रममा महिला बिकास कार्यालयका प्रतिनिधि बिमला भुसालको समेत उपस्थिति रहेको थियोे । 
कार्यक्रममा बिभिन्न सामुदायिक बन उपभोक्ता समुहका प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।

अन्य समाचारहरु