देउराली यातायात समिति अर्घाखाँचीको अधिबेशनबाट नयाँ नेतृत्व चयन, अध्यक्षमा योगेन्द्र खड्का

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सन्धिखर्कमा सम्पन्न भएको छ ।
अर्घाखाँचीमा जिल्लाको सबैभन्दा ठुलो यातायात संस्था देउराली यातायातमा दलहरु बिच ब्यापक छलफल पछि नेतृत्व चयन गर्न नेपाली काङ्ग्रेस नेकपा एमाले माअोबादी केन्द्र राष्ट्रिय जनमोर्चा निकटका ब्यबसायीहरु बिच सहमति भएपछि नया नेतृत्व चयन भएको छ ।
देउराली यातायात ब्यबसायी समितिको अध्यक्षमा योगेन्द्र खड्का सहअध्यक्षमा भेष बहादुर बिसी वरिष्ठ उपाध्यक्षमा शिवलाल अधिकारी उपाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ, खगेश्वर बन्जाडे, डम्मर श्रेष्ठ, महासचिबमा प्रेम प्रकाश  पान्डे, सचिबमा बिष्णु पन्थि निम बहादुर बस्नेत केयर सिंह खनाल सहसचिवमा मान बहादुर बुढामगर कोषाध्यक्षमा गोबिन्द बन्जाडे तथा सदस्यहरुमा वसना बस्याल, नारायण गैरे, प्रकाश पिसी, शिव बहादुर खत्री, भुवान्द बन्जाडे, कृष्ण प्रसाद पौडेल, बामदेब गैरे, दिपक कुमार श्रेष्ठ, नारायण खड्का, बलाराम भुसाल, राम प्रसाद बन्जाडे, कृष्ण प्रसाद पौडेल पिताम्बर भुसाल, राम प्रसाद बन्जाडे, पिताम्बर भुसाल, प्रकाश खनाल, असोक श्रेष्ठ, केशब भुसाल, नारायण रेग्मी, पदम प्रसाद मरासिनी, देबिराम घर्ति गरि ३१ सदस्यीय नयाँ सन्चालक समिति गठन गरेको देउराली यातायत ब्यबसायी समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
एकमहिना अगाडि हुनुपर्ने अधिबेशन दल निकट ब्यबसायीहरु बिच बिबाद भएपछि अधिबेशन स्थगित भएको थियोे । अधिवेशनबाट निर्बाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक हरि प्रसाद भुसाल सदस्यहरु लोकेन्द्र बिक, राम बहादुर चौहान, राम बहादुर रायमाझी लगायतले प्रमाणपत्र तथा पदतथा गोपनियताको सफत ग्रहण गराउनु भएको थियोे ।
सबै पदाधिकारी तथा सदस्यहरुले अाजबाट अाफ्नो कार्यभार समालेका छन । पत्रकार सम्मेलनमा नब निर्बाचित अध्यक्ष योगेन्द्र खड्का सह अध्यक्ष भेषबहादुर बिसी लगायतका पदाधिकारीहरुले भनाइ राख्दै भावी कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियोे ।