नुवाकोटमा जग्गा धनी प्रमाण बितरण कार्यक्रम सम्पन्न (फोटोहरु सहित)

नुवाकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोटमा जग्गा धनी प्रमाण बितरण कार्यक्रम सम्पन्न भएको छ । 
विशेष नापी कार्यालय अर्घाखाँचीबाट २०७२/७३मा नाप नक्सा भई जग्गा दर्ता गरि तयार गरिएको जग्गा धनी प्रमाण बितरण गरिएको हो । स्थानिय जेष्ठ नागरिकबाट लालपुर्जा  वितरण गरिएको उक्त कार्यक्रममा स्थानिय १६ हजार कित्ता मध्ये पाँच हजार लाई वितरण गरिएको छ । 
कार्यक्रम विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख मोहम्मद सावीर हुसैन लगायतको उपस्थिती रहेको थियो । साथै उक्त अवसरमा विशेष नापी टोलीलाई सम्मान समेत गरिएको थियो । 
यस्तै सो अवसरमा वृद्धवृद्धाहरु पनि तन्नेरी जोसका साथ जग्गा धनी पुर्जा लिन आएका थिए ।
 
जिल्लामा २०६१ साल फागुन २० गते तत्कालिन नेकपा माओवादीले  मालपोत र नापी कार्यालय आक्रमण गर्दा दुबै कार्यालयका सम्पूर्ण कागजात जलेर नष्ट भएको थिए । अहिले जिल्लामा विशेष नापी स्थापना गरि जग्गाको कित्ता छुट्टाउने र वितरण गर्ने काम चलिरहेको छ ।