अनेम संघ जिल्ला कमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सुरु

अर्जुन भुसाल 
 सन्धिखर्क, अर्घाखाँची  । अखिल नेपाल महिला संघ अर्घाखाँचीको आयोजनामा दुइ दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज देखि मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सुरु भएको छ । 
एमालेको मार्गदर्शक सिद्धान्त माक्सवाद, लेलिनवाद र जनताको वहुदलीय जनबादका साथै मुलुकको समसामहिक राजनीतिक विषय वस्तुमा केन्द्रीत रहेर प्रशिक्षण चलाइएको छ । प्रशिक्षण कार्यक्रमको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले  मैन वत्ती प्रज्वलन गरेर उद्घाटन गर्नु भएको छ । 
कार्यक्रमको उद्घाटन गर्दै  अध्यक्ष आचार्यले नेपालका ठूला-ठूला परिवर्तनका आन्दोलनलाई सफल तुल्याउन महिलाहरुको भूमिका प्रशंसनिय रहेको  बताउनुभयो । उहाँले महिलाहरु आफ्नो अधिकार प्राप्तिको लडाइमा निरन्तर लडनाले राज्यका उच्च तहमा पुग्न सफल भएको भन्दै यसलाई ठूलो उपलव्धीका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले यस्ता खालका प्रशिक्षण मुलुक कार्यक्रमले  सशक्तिकरण र क्षमता अभिवृद्धिमा  ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष आचार्यले स्थानीय निकायको निर्वाचनको विकल्प नभएको भन्दै निर्वाचनको तयारीमा लाग्न अनेम संघलाई निर्देशन दिँदै पार्टीलाई बहुमत दिलाउन महिलाहरुको भूमिका निकै उच्च हुने बताउनुभयो । 
 उहाँले अनुशासनलाई सर्वपरि ठानी  परिणाम आउने ढंगले पार्टी काममा लाग्न आग्रह गर्नुभयो । पार्टी बिशाल संस्था भएको भन्दै व्यक्तिको पछाडी नलागी संस्थालाई बलियो बनाउने दिशामा केन्द्रीत हुनु पर्ने बताउनुभयो । मुलुकको समसामयिक राजनीतिक विषय वस्तुमा केन्द्रीत रहेर बोल्दै उहाँले सरकारले राष्ट्रियतालाई धरापमा पार्दै संविधान संशोधन प्रस्ताव विधेयक दर्ता गराएको बताउनुभयो । उहाँले एमालेले जुन सुकै मुल्य चुकाएर पनि संविधान संशोधन प्रस्ताव पारित हुन नदिने बताउनुभयो ।  पाँच नम्वर प्रदेश विखण्डन गर्ने प्रस्ताव देश विखण्डन गर्ने  योजनाका साथ ल्याइएको भन्दै उहाँले प्रदेश विखण्डन बिरुद्धको आन्दोलनमा पनि महिलाहरुको भूमिका अग्रणि रहेको बताउनुभयो । 
 
प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा एमाले जिल्ला सचिवालय सदस्यहरु जनार्दन खनाल,  इश्वरा पोख्रेल, सन्धिखर्क नगर कमिटीका संयोजक युवराज श्रेष्ठ, सचिव श्रीकृष्ण भुसाल लगायत मन्तव्य राख्दै तालिम सफलताको शुभकामना व्यक्ति गर्नु भएको थियो । उदघाटन शत्र अनेम संघ जिल्ला कमिटी अध्यक्ष विष्णु आचार्यको अध्यक्षता, उपाध्यक्ष माया भुसाल  को स्वागत मन्तव्य र सचिव  शुसिला गैरेको सञ्चालनमा सम्पन्न भएको थियो । 
नेकपा एमाले केन्द्रीय स्कुल विभागका सदस्य बुद्धिबहादुर रायमाझी, पार्टी जिल्ला उपसचिव प्रेम नारायण गैरे, जिल्ला सचिवलाय सदस्य तथा संगठन विभाग प्रमुख पिताम्मर भुसाल,  जिल्ला कमिटी सदस्य शम्भु प्रसाद पोख्रेल, अनेम संघ केन्द्रीय सदस्य विजुला रायमाझी, अनेम संघ जिल्ला कोषाध्यक्ष दिपा आचार्य लगायतले प्रशिक्षण दिने कार्यक्रम रहको प्रेस चौतारीका सचिव अर्जुन भुसालले जानकारी दिनु भएको छ ।