पूर्ण सरसफाइ सम्बन्धी २ दिने तालिम सन्धिखर्कमा सम्पन्न

बसन्त श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची । सुआहारा अर्घाखाँचीको आयोजनामा पूर्ण सरसफाइ सम्बन्धी २ दिने तालिम सन्धिखर्कमा शुक्रवार सम्पन्न भएको छ ।
 बिहिवार देखि सुरु भएको तालिम सुआहारा दोस्रो चरण अन्र्तगत रहेको सुआहारा जिल्ला संयोजक दिवश ढकालले जानकारी गराउनुुभयो । तालिममा पूर्ण सरसफाई लगायतका बिषयमा एन्फोका तालिम संयोजक आसकुमार खाइतुले प्रशिक्षण दिनुभएको थियो । तालिम खाइतुले पूर्ण सरसफाई सम्बन्धी जिल्ला तथा केन्द्रले लिएको लक्ष पुरा गर्न अपनाउनु पर्ने पद्धतिको बारेमा समेत जानकारी गराउनुुभएको थियो । यस्तै लियो क्वाइन्टेक्स र सरसफाईका सूचकको बारेमा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत हरिषचन्द्र भुसालले जानकारी गराउनुुभएको थियो । दुई दिन सम्म चालेको तालिम समापन कार्यक्रममा बोल्दै भुसालले जिल्लाले लिएको दीगो विकासका लागि सफलतम प्रबृधिको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा वास पत्रकार मञ्चका उपाध्यक्ष बसन्त श्रेष्ठले पूर्ण सरसफाईको क्षेत्रमा सञ्चारर्कीहरुले आफ्नो क्षेत्रबाट सञ्चारकर्मीहरु सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता समेत जनाउनुभएको थियो । सहभागीको तर्फबाट मन्तब्य राख्दै सुआहारा फिल्ड सुपरभाइजर अम्बिका श्रेष्ठ र चिरञ्जीबि बेल्बासेले तालिम प्रभावकारी रहेको बताउनुभएको थियो । कार्यक्रमको समापन गर्दै सुआहारा जिल्ला संयोजक दिवश ढकालले पूर्ण सरसफाई, सुनौलो हजार दिनका नवजात शिशुको स्याहारको क्षेत्रमा संस्थाले अभियान सञ्चालन गरेको बताउनुभएको थियो । ढकालले सामाजिक सचेतना अभिबृद्धि गदै सिकेका ज्ञानलाई दुरदराज सम्म पु