केशब पन्थी
बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बल्कोट गाबिसका वार्ड नम्बर ४ को पाण्डे गाउँमा पहिलो पटक मोटरबाटो पुगेपछि खुशीयाली छाएको छ ।
डाँडापोखरा देखि पाण्डे टोला सम्मको करिव २ किलोमिटर मोटरबाटो निर्माण कार्य सम्पन्न भएको छ ।
मोटरबाटो निर्माण ६० हजार रुपैया लगानीमा सम्पन्न भएको छ । पाण्डे टोलाका २० घरले आफ्नै खर्चले उक्त बाटो निर्माण गरेका हुन् ।
यो सँगै बल्कोटका प्राय गाउँमा मोटरबाटो जोडीएको छ । अहिले बल्कोट सबै क्षेत्रमा सम्पन्न भएको छ । यहाँ सबै सुविधा पुगेको छ ।