विनोद गैरे
सन्धिखर्क, अर्घाखाँची । नेसनल प्याब्सन अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्कको ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलमा वालविकास सम्वन्धि १ दिने प्रशिक्षण तालीम सम्पन्न भएको छ ।
नेशनल प्याब्सन अर्घाखाँचीका अध्यक्ष तथा सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलका प्रिन्सीपल टेक बहादुर थापाको सभापतित्व र लेखक तथा प्रशिक्षक सानु अमात्यको प्रमुख आथित्यतामा सम्पन्न उक्त तालीममा अर्घाखाँची जिल्ला भर नेसनल प्याब्सनमा आवद्ध शैक्षिक संस्थाबाट १०० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालीममा प्रशिक्षण दिदै अमात्यले बाल बालिकाको चैतफी विकास र बाल मानोविज्ञान, वालवालिकालाई लेखाउने तथा पढाउने उत्तम उपाय आदिका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रम सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलका सहायक प्रिन्सीपल नारायण भुसालको स्वागत तथा नेसनल प्याब्सन अर्घाखाँचीका सचिव बेदराज बेल्वासेको संचालनमा सम्पन्न भएको थियो ।