सन्धिखर्क । फाइल फोटो
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अब निशुल्क वाईफाईको व्यवस्था गरिने भएको छ ।
बाहिरबाट सन्धिखर्क आउने मानिसहरुलाई मध्यनजर गर्दै शान्तीबगैचामा निशुल्क वाईफाईको व्यवस्था गरिने भएको हो ।
अहिलेको सुचना प्रविधिको विकास संगै यहाँ आउने जोकोहीलाई निशुल्क वाईफाई जडान गरिने मङगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा नगरपालीकाका कार्यकारी अधिकृत रामजी जोशीले बताए । तर के कति लागतमा वाईफाई सेवा प्रदान गरिने उनको बताएनन् ।
शान्तीबगैचा क्षेत्रको एक स्थानबाट वार्ईफाई सेवा प्रदान गरिने छ । यो निशुल्क वाईफाई सेवा माघ मसान्त सम्ममा व्यवस्था गरिने भएको छ ।
शान्तीबगैचामा नगरबासी लगायत बाहिरबाट आवतजावत गर्ने मानिसहरुको जमघट हुनुका साथै बेला बेलामा अनेकौ कार्यक्रमहरुको आयोजना पनि गरिने गरिन्छ । तर शान्तीबगैचामा सरसफाई हुन भने अहिले सम्म सकेको छैन् ।