धनचौरमा अपाङ्गहरुलाई न्यानो कपडा बितरण

सुर्य भुसाल 
धनचौर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको धनचौर गाविसमा रहेका विभिन्न बर्गका ४२ जना अपाङ्गहरुलाई सोमबार एक कार्यक्रम आयोजना गरी  न्यानो कपडा बितरण गरिएको छ ।
अपाङ्गहरुको विकासको क्षेत्रमा काम गर्दै आएको शृजनशिल अपाङ्ग विकास केन्द्र धनचौरको आयोजना र धनचौर गा.वि.स.को आर्थिक सहयोगमा चिसो समयमा राहत मिलोस भन्दै प्रती व्याक्ती १ हजार ५ सय बराबरको न्यानो कपडा बितरण गरिएको केन्द्रकि अध्यक्ष पबित्रा भुसालले जानकारी दिनुभएको छ ।
न्यानो कपडा बितरण कार्यक्रममा गा.वि.स.सचीव रुकेन्द्र पालुङ्गे,शृजनशिल अपाङ्ग विकास केन्द्रका जिल्ला सदस्य बिष्णु प्रसाद भट्टराई,नेपाली काङ्ग्रेसका लेखनाथ भट्टराई, हेमराज भट्टराई,एमालेका टामलाल भट्टराई,राष्ट्रिय जनमोर्चाकि सपना खनाल भट्टराई,जन जागृति मा.वि.धनचौरका प्रधानध्यापक पिताम्बर खनाल र शिक्षक मान बहादुर रायमाझीले शुभकामना मन्तव्य राख्दै अपाङ्गहरुको क्षेत्रमा शृजनशिल अपाङ्ग विकास केन्द्र धनचौरले खेलेको भुमिकाको प्रश्म्सा गर्दै अपाङ्गहरुको क्षमता अनुसार सिपमुलक र आय-आर्जनको अबसर प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियोे ।
कार्यक्रम केन्द्रकि अध्यक्ष पबित्रा भुसालको अध्यक्षता र रेमलाल भट्टराईको सन्चालनमा सम्पन्न भएको हो ।
शृजनशिल अपाङ्ग विकास केन्द्रले अपाङ्गहरुलेपनी अबसर पाएमा क्षमता अनुसारको काम गर्न सक्छन् भन्दै मनोबल बढाउन यस अगाडि धनचौरमा बाख्रा पैचो कार्यक्रम सन्चालन गरीसकेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।