डिभर्नामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

विक्रम पाण्डे
डिभर्ना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. १५ निवासी नेपाली कांग्रेसका साधरण सदस्य चन्द्रविर थापाको आठौँ दिनको अवसरमा ने.का सन्धिखर्क नगरपालिका १५ ले शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको  छ ।    
कार्यक्रम नेपाली कांग्रेस अर्घाखाँची जिल्ला क्षेत्र न.१ का सभापति केशव राज कुंवरको प्रमुख आतिथ्यता रहेको थियो । 
शोक सभामा तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का ,सनपा १५ पूर्व पार्टी सभापति राम ब. वस्याल ,क्षेत्र न. १का क्षेत्रीय उपाध्यक्ष कृष्ण प्र. भसाल ,ज्ञान प्रकाश मा.विका प्रधानाध्यापक सूर्य ब. खनाल , नगरपालिका महिला क्षेत्रीय प्रतिनिधी सरस्वता वस्याल , कृष्ण खड्का लगायतको बिशेष उपस्थिती रहेका थियो । 
१५ न. वार्ड सभापति लिलाधर वस्यालको सभापतित्व रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी कुँवरले चन्द्रविर थापाले नेपाली कांग्रेसमा रहेर पुर्याएका योगदानको  प्रशंशा एवं चर्चा गरेका थिए । साथै थापालाई सधै सम्मान र सम्झीरहने बताए । 
कार्यक्रम ऋषिराम खनालको सञ्चालनमा सम्पन्न भएको हो ।