अर्घाखाँचीमा भुकम्प प्रभावित आवास पुनः निर्माण लगत संकलन कार्यक्रम सुरु

विनोद गैरे 

सरकारले भुकम्प गएको झण्डै २ वर्ष पुग्नै लाग्दा अर्घाखाँचीमा भुकम्प प्रभावित आवास पुनः निर्माण लगत संकलन कार्यक्रम सुरु गरेको छ । २०७३ पौष ७ गते अर्घाखाँचीको सन्धिखर्क स्थित जिल्ला विकास समितिको कार्यालयमा राजनैतिक दल, पत्रकार साथै नागरिक समाजका विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरी भुकम्प प्रभावित आवास पुनः निर्माण लगत संकलन कार्यक्रम सार्बजनीक गरे पश्चात यतिबेला प्राविधिक सहितको टोली भुकम्पप्रभावितका घरघरमा पुगी लागत संकलन गरिरहेको छ । धनचौर, ढिकुरा, नुवाकोट, खिल्जी, असुरकोट, मरेङ्ग गा.वि.स.मा यतिबेला इन्जिनियर प्रोसुन के.सीले लागत संकलन गरिराखेको जानाकारी दिनुभएको छ । के.सीका अनुसार धनचौर गा.वि.स.मा ८ घरधुरी, ढिकुरा गा.वि.स.मा ७५ घरधुरी , नुवाकोट गा.वि.स.मा २८ घरधुरी, खिल्जी गा.वि.स.मा २५घरधुरी, असुरकोट गा.वि.स.मा ४ घरधुरी, मरेङ्ग गा.वि.स.मा ११२ गरी २६१ घरधुरीको लगत संकलन गरिने छ । के.सीका अनुसार लागत संकलन गर्ने क्रममा पूर्व जानाकारी गराउने कुनै माध्ययम नभएका कारण पूर्व जानाकारी विना घरमा पुग्दा कुनै कुनै घरधनी नभेटिएर केही सास्ती भएतापनि अन्य कार्यका स्थानीयको साथ सहयोग र सर्मथनले लागत संकलनमा अत्यान्तै सहज भएको जानाकारी दिनु भएको छ । इन्जिनियर के.सीका साथमा खिल्जी गा.वि.स.का सामाजीक परिचालक नारायण बेल्वासे रहनुभएको छ ।