सन्धिखर्क नगरपालिकाको चौथो नगरपरिषदको सम्पन्न ! संशोधन प्रस्ताब फिर्ता लिन टोपबहादुर रायमाझीको आग्रह (भिडियो, तस्बिरहरु)

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  नेकपा माअोबादी केन्द्रका नेता एबम पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले संसदमा दर्ता गरेको संबिधान संशोधन प्रस्ताब फिर्ता लिनुको बिकल्प नभएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका अर्घाखाँचीको चौथो नगरपरिषदको सन्धिखर्कमा शनिबार उदघाटन गर्दै नेता रायमाझीले संबिधान कार्यन्यन गर्नका लागि सबै दलहरु एकजुट हुनु पर्नेमा जोड दिनु भएको छ।  उहाँले २०७४ माघ ७ गते भित्र तिन तहको निर्वाचन गर्नका लागि सरकारले निर्बाचन घोषणा गर्ने तैयारी गरेको बताउनु भयो ।
रायमाझीले निर्बाचन गराउनका लागि सबै दलहरु एक ठाउँमा उभिन अाग्रह गर्दै संबिधान कार्यन्यन नै अहिले को मुख्य अाबश्क्ता रहेको दाबि गर्नु भयो । अर्घाखाँची उहाँले जिल्लाको बिकास निर्माणका लागि अाफुहरु लडिरहेको बताउदै नमुना अर्घाखाँची बनाउनका लागि अर्घाखाँचीबासीहरु एक जुट भएर अगाडि बढनका लागि अपिल गर्नु भयो ।
रायमाझीले अर्घाखाँची जिल्लामा धेरै बिकासका संभाबना रहेको बताउदै त्यसलाई प्रभाबकारी  कार्यन्यन गर्नका लागि अाफु लागि परेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला न्याधिस केशब प्रसाद बास्तोलाले नगरपालिकालाई सुन्दर बनाउनका लागि अाग्रह गर्दै नगर परिषदको सफलताको शुभकामना ब्यक्त गर्दै बिकासमा जुटन सबैलाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले नगरपालिकाले नमुना युक्त काम गरेको बताउदै जनताको सेवालाई प्रभाबकारी  बनाउन अाग्रह गर्नु भयो । उहाँले भष्टचार मुक्त जिल्ला बनाउनका लागि अाफुले पहल गरेको बताउदै जनमुखि बजेट जनताको बजेट भएकोले त्यसलाई कार्यान्यन  गर्नु पर्ने बताउनु भयो । कटुवालले जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्न प्रशासन पुर्ण रुपमा सफल रहेको बताउदै बिकासलाई तिब्रता दिनका लागि अाग्रह गर्दै परिषदको सफलताको शुभकामना दिनु भएको थियोे ।
कार्यक्रममा स्थानिय बिकास अधिकारी प्रदिप पौडेलले जनमुखि बजेट कार्यान्यनका लागि अाफुले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै जिल्लाको बिकासले तिब्रता लिएकोमा अाफु हर्षित रहेको बताउनु भयो । उहाँले नगरपालिका सित जिबिसले समन्वय गरेर बिकासका कामहरु अगाडि बढाउने बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले पाँच नम्बर प्रदेश टुक्राउने विरोधमा चेतावनी दिनु भयो । उहाँले अर्घाखाँची जिल्ला एतिहासिक जिल्ला भएकोले दलहरु बिच सहमति गरेर बिकासका कामहरु अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले सहमति सहकार्य एकताबाट जिल्लाको बिकासले तिब्रता लिएको बताउदै परिषद सफलताको शुभकामना दिनु भयो ।
कार्यक्रममा नेकपा माअोबादी  केन्द्रका नेता राम बहादुर रायमाझी राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता सागर केसीले जनमुखि सेबा दिनका लागि नगरपालिकालाई अाग्रह गर्दै सफलताको शुभकामना दिनु भएको थियोे ।
कार्यक्रममा राप्रपाका अध्यक्ष दिपक कुवर, परिबार दलका अध्यक्ष डिल्ली राज भुसाल, नयाँ शक्ति नेपालका अध्यक्ष गोकण थापा, जनमुक्ति पार्टीका अध्यक्ष टुकबहादुर चेवाली लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल, अनुसन्धान प्रमुख देबेन्द्द खतिवडा, खेलकुद बिकास समितिका अध्यक्ष सिद्दि प्रसाद भुसाल, बारका अध्यक्ष केबि भुसाल, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थि लगायतले शुभकामना राख्नु भएको थियोे ।
कार्यक्रममा अार्थिक बर्ष २०७३/२०७४ को २४ करोड १९ लाख ५७ हजार बजेट सार्वजनिक गरिएको थियोे । बजेट निकै जनमुखि रहेको बोल्ने बक्ताहरुले बताएका थिए ।
त्यस्तै नगरपरिषको उदघाटन सत्रमा नगरपालिकाको बिकासमा कलम चलाउने ५ जना पत्रकारहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियोे ।  ६००० नगद दोषल्ला ढाका टोपी लगाएर पाँच पत्रकारहरुलाई पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सम्मान गर्नु भएको थियोे । सम्मानित हुने पत्रकार हरुमा नेपाल टेलिभिजनका समचारदाता चथा सुचनाका अभियान्ता वरिष्ठ पत्रकार मुक्ति नाथ भुसाल, प्रेस युनियनका सहसचिब तथा कान्तिपुर टेलिभिजनका समचारदाता रुद्रमणि भुसाल, अर्घाखाँची टाईम्सका सम्पादक युवा पत्रकार नबिन केसी, सुपादेउराली पत्रिकाका सम्पादक जितेन्द्र खत्री, रुरु एफ.एमका माधब बेल्बासे पुरस्कृत भएका हुन । उनिहरुलाई भब्य समारोहका बिच पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बधाई तथा शुभकामना दिनु भएको थियोे ।
कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीको अध्यक्षता नारायण पोख्रेलको सन्चालन सिता बिसीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।