वचत तथा ऋण सहकारी संघको प्रथम साधारण सभा सन्धिखर्कमा सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा वचत तथा ऋण सहकारी संस्थाहरुको जिल्ला छाता संगठन वचत संघको प्रथम साधारण सभा शनिबार सम्पन्न  भएको छ। 
संघका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता सचिव दोर्ण प्रसाद भुसालको संचालन कोषाध्यक्ष चन्द्र श्रेष्ठको स्वागत मन्त्व्यबाट सुरु भएको साधारण सभामा अध्यक्ष प्रकाश भुसालले प्रतिवेदन मार्फत जिल्ला सहकारी अभियानमा पछि पर्नेको कारण राज्यको वचत तथा ऋण सहकारी क्षेत्रलाई हेर्ने पुर्वआग्रही व्यवाहार, केही ठगी गर्ने सहकारी संस्थाका कारण सहकारी क्षेत्र नै वदनाम भएको अवस्था, नयॉ बन्न लागेको सहकारी एेनको वहसमा केवल ठूला सहरी क्षेत्र र सिमित सहकारी क्षेत्रको खोल अोडेर राजनिति र व्यापार गर्ने व्यतिमा मात्र सिमित गर्नु दु:खद भएको वताए । उनले सहकारी क्षेत्रलाई राष्टिय अर्थतन्त्रको एक खम्वा मान्ने हो भने केवल नितिमा नभएर व्यवाहारमा प्राथमिकता सहित राज्यले लागुगर्नुपर्ने वताए। 
साधारण सभाले संस्थापक उपाध्यक्ष जित वहादुर राना प्रती शोक प्रस्ताव पारित गर्दै संघको रिक्त वरिष्ठ उपाध्यक्षमा सचिव दोर्ण प्रसाद भुसाललाई सचिवमा कृष्ण प्रसाद खनाललाई र सदस्यमा सगरमाथा महिला विकास साकोसकी भगवती वेल्वासेलाई निर्वाचित गरेको छ।
संघले शिक्षा तथा तालिम उपसमिती यातायात मज्दुर साकोसका आत्मसिंह घर्तिको संयोजक अर्घा भगवती साकोसका छविलाल चुदाली सदस्य र वॉकी ३ सदस्य पछि थप्ने गरी गठन गरेको छ।
संघको जेष्ठ संस्था हरीततारा साकोस र उक्त संस्थाका अध्यक्ष तथा संघका जेष्ठ सदस्य नरहरि श्रेष्ठलाई सम्मान गर्दै कारेक्रमको उद्घघाटन श्रेष्ठवाट गरिएको थियो।
साधारण सभामा राजनितिक दलको प्रतिनिधिको रुपमा नभई सहकारीकर्मि तथा प्रारम्भिक संथाको प्रतिनिधित्व गरी संघलाई सहकारिकर्मीको साझा चौतारिको रुपमा अगाडी वडाउने प्रतिवद्दता व्यत गरिएको थियो साथै धेरै सदस्य संस्था सामेल गराई छिट्टै नेफ्सुकुनको सहयोगमा सहकारी लेखा , पल्स अनुगमन तथा कर सम्मन्धि तालिम संचालन गर्ने, साकोस एकरुपता कार्यक्रम अन्तर्गत आगामी वर्ष लेखा परिक्षणमा एकरुपता ल्याउने निर्णय गरेको छ।