सन्धिखर्क नगरपालिकाको चौथौ नगरपरिषद तथा बार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिकरण सम्पन्न ! यस्तो छ अार्थिक बर्ष २०७३/२०७४ को बजेट

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको चौथौ नगर परिषद तथा बार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिकरण समारोह कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सन्धिखर्कमा सम्पन्न चौथौ नगर परिषदले अार्थिक बर्ष २०७३/२०७४ को २४ करोड १९ लाख ५७ हजार बजेट रुपैयाँ बजेट पारित गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीका अनुसार चालू अार्थिक बर्षका लागि संशोधित बजेटमा सरकारी अनुदान अन्तर्गत चालुतर्फ ५० लाख ६० हजार, पुजिँगत निसर्त ३ करोड ६६ लाख ६२ हजार,  ठुला पुर्वाधारजन्य आयोजना सशर्त १ करोड, पुर्वाधार विकास कार्यक्रम, १ करोड ७८ लाख ६३ हजार, पुँजीगत बालबालिका तर्फ ५४ लाख ९९ हजार ३ सय, महिला वर्ग लक्षित आयोजना तर्फ ३६ लाख, ६६ हजार २ सय, दलित आदिवासी जनजाती पिछडा वर्ग ५४ लाख ९९ हजार ३ सय बजेट विनियोजन गरिएको छ । 
यस्तै कृषि वन र वातावरणमा ३५ लाख ६६ हजार, कन्टिजेन्सी रकम १० लाख ९९ हजार ६ सय ८०, ममर्त संधार कोष १८ लाख ३३ हजार १ सय, पुर्वाधार प्रवद्धनात्मकमा १ करोड ५४ लाख ९८ हजार २ सय ४०, आन्तरीक स्रोतमा चालु र पुजिँगत गरी १ करोड ६० लाख, राजस्व बाँडफाँड पुजीँगत, ७५ लाख, स्थानिय शासन सामुदायिक विकास कार्यक्रम चालु २६ लाख ७२ हजार, सडक बोर्ड नेपाल पुजिँगत १२ लाख, सामाजिक सुरक्षा चालु २६ लाख ७२ हजार गरी रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सन्धिखर्क न. पा. को नगर परिषद , बजेट नीति तथा सार्बजनिक कार्यक्रम उद्घाटन पुर्व उपप्रधानमन्त्री एबम उर्जा मन्त्री टोप बहादुर रायमाझीले गरेका थिए ।