राजमो निकट अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनको पाँचौ जिल्ला भेला नयाँ नेतृत्व चयन गर्दै सन्धिखर्कमा संपन्न

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनको पाँचौ जिल्ला भेला नयाँ नेतृत्व चयन गर्दै सन्धिखर्कमा संपन्न भएको छ । 
भेलाको उद्घाटन गर्दै अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका केन्द्रिय कोषध्यक्ष गोविन्द वि.सीले यातायात क्षेत्रले सामाजिक क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको भन्दै पाटी संगठनलाई अगाडी बढाउन पनि मजदुर संगठनको मुख्य भुमिका हुने हुनाले सोहि अनुसार लाग्न सम्पुर्ण व्यवसायीहरुलाई आग्रह गर्नु भएको थियो । गाडीको स्ट्रिङ्ग जस्तै देशलाई हाँकेर जान अहिलेको आवश्यकता भएको भन्दै वि.सी ले सवैखाले समस्याहरुको समाधानको लागी मजदुरहरुको एकता अपरिहार्य रहेको बताउनु भएको छ । 
भेलाले गोविन्द बन्जाडेको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनको जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्षमा केशव भुसाल ,सचिव महेश बुढामगर,सह-सुचिव राज विक्रम के.सी. र कोषध्यक्षमा केशव बन्जाडे निर्विरोध रुपमा चयन हुनु भएको छ । भेलामा विभिन्न संगठन परित्याग गरि प्रवेश गर्ने ५ जनालाई केन्द्रिय कोषध्यक्ष गोविन्द वि.सी.ले अविर तथा खादा ओढाइ स्वागत तथा सम्मान गर्नुभएको थियो ।   
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापा,लुम्बिनी राप्ती क्षेत्रिय उपाध्यक्ष शेर बहादुर वि.सी,राजमो नेता सागर के.सी. नेकपा मसालका जिल्ला प्रवक्ता थम्मन के.सी लगायतले शुभकामना मन्तव्य राख्दै मजदुरहरुको एकताले सबैखाले चुनौतीहरुलाई सामाधान गर्न सकिने भन्दै पेशा संगै संगठनलाई पनि मजवुद बनाउदै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।  
दधिराम आचार्यको अध्यक्षता गोविन्द बन्जाडेको स्वागत र रामु भुसालको संचालनमा संपन्न भएको भेलाले दधिराम आचार्यको संयोजकत्वमा ७ सदस्यीय जिल्ला सल्लाहाकार समितिको समेत चयन गरेको छ । जसको सदस्यहरुमा गोविन्द वि.सी ,शोभाखर भुसाल,शिवलाल अधिकारी,शिव के.सी,दुर्गा भुसाल र रामु के.सी रहनु भएको छ । यसैबिच भेलामा जिप दुर्घटनामा घाईते भएका सुरज रायमाझीलाई २७०० र हरि बस्नेतलाइ २२०० रुपैयाका दरले राहत स्वरुप सहयोग गरिएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।