राष्ट्रिय जनमोर्चा अर्घाखाँची माघ १ गतेदेखि डेढ महिने विशेष अभियानमा

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले माघ १ गतेदेखि सन्चालन गर्न लागेको अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रम अन्तरगत डेढ महिने विशेष अभियानमा अखिल छैठौं अर्घाखाँचीले पनि पुर्ण सहयोग गर्ने निर्णय गरेको छ ।
अखिल (छैठौं)का जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षतामा आज सन्धिखर्कमा बसेको चौथो पुर्ण बैठकले पार्टीले सन्चालन गर्ने अभियान संगै विद्यार्थीका कार्यक्रम पनि सन्चालन गर्ने निर्णय गरेको अखिल छैठौंले जनाएको छ ।
बैठकमा अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुवरले आसन्न स्वबियु निर्वाचनमा अखिल छैठौले अगाडि सारेका एजेन्डाको बारेमा जानकारी गराउनु भएको थियोे ।यस्तै बैठकमा नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन के.सी.ले अक्टोबर क्रान्तिको बारेमा जानकारी गराउनुभएको थियोे ।
अखिल छैठौंले आसन्न स्वबियु निर्बाचन र अक्टोबर क्रान्तिको अभियानलाई मध्यनजर गर्दै आगामी पुष २९ गते प्रगतिशील बनभोज सहित जिल्ला स्तरीय प्रशिक्षण  कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।बैठकले पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा क्याम्पस भेला गर्नको निमित्त सन्देश खनालको सम्योजकत्वमा पुष्पा गैरे र भुवन खनाल सदस्य रहेको तीन सदस्यीय भेला आयोजक समितिको गठन गरेको छ ।
अखिल छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.को स्वागत मन्तव्य र सचीव अनिल खनालको सन्चालनमा सम्पन्न भएको बैठकले अखिल छैठौंको तेइसौ जिल्ला सम्मेलनमा रिक्त राखिएको दुई सदस्यहरुमा टेकराज भुसाल ढाकावाङ्ग र बन्दना बि.क. धारापानी लाई चयन गरेको अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।