सन्धिखर्कमा साक्षात्कार ! ५ नम्बर प्रदेशलाई टुक्राए पहाडको विकास हुने वर्षमान पुनको दाबी

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले सरकारले पाँच नम्बर प्रदेशलाई टुक्रयाएर तराई र पहाड अलग-अलग गर्दा पहाडको विकासमा हुने बताएका छन् ।
रिपोर्टरस क्लब नेपाल अर्घाखाँची शाखाले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आइतबार आयोजना गरेको साक्षात्कारमा नेता पुनले सबैलाई मिलाएर संविधान संशोधन विधेयक पास गराउनतर्फ सरकारले प्रयास गरिरहेको बताए ।
पुनले आफ्नो दल ८ वा १० प्रदेश बनाउनतर्फ लागे पनि सवैलाई मिलाउदा ७ प्रदेश बनाउनुपरेको र १० प्रदेश बन्न सके उपयुक्त हुने पनि उल्लेख गरे। 
यस्तै पुनले सरकारले पुस अन्तिम वा माघ पहिलो हप्ता भित्र चुनावको मिति तोक्ने तयारी गरिरहेको बताए । साक्षात्कारमा नेता डिला राम आचार्यको समेत उपस्थित रहेको थियो । 
कार्यक्रम रिपोर्टस क्लव नेपाल अर्घाखाँची शाखाका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र सचिव गणेश खनालको सञ्चालनमा सम्पन्न भएको हो ।