दिपक कार्की, सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पुर्ब उपप्रधानमन्त्री तथा माअोबादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सन्धिखर्क नगरपालिका जनतामुखि तथा उत्कृष्ट काम गर्ने नगरपालिकाको रुपमा परिचित हुन सफल भएको बताएका छन ।
सन्धिखर्क नगरपालिका अर्घाखाँचीको चौथो नगरपरिषदमा बोल्दै नेता रायमाझीले जनताको काम थोरै जनशक्तिका बिचमा कर्मचारीहरुको अभाबको रुपमा पनि काम गर्न सफल रहेको बताउनु भएको थियोे ।
रायमाझीले जनताको काम छिटो छरितो गर्नका लागि खालिरहेका दरबन्दीमा पदपूर्ति गर्नु पर्नेमा जोड दिदै नगरपालिकालाई सहयोग गर्न अाग्रह गर्नु भएको हो । रायमाझीले नगरको बिकासका लागि नगरपालिकाले अाफ्नो साधन श्रोत अधिक्तम प्रयोग गर्नु पर्ने बताउदै नगरको सरसफाइमा ध्यान दिन नगरबासीहरुलाई अाग्रह गर्नु भएको थियोे । उहाले नगरपालिकाले छोटोे समयमा धेरै काम गर्न नगरप्रमुख सफल भएको बताउदै अझै एतिहासिक काम गर्न निर्देशन दिनु भएको थियोे ।
कार्यक्रममा जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको काम नगरपालिकाबाट छिटो छरितो हुने गरेको अाफुले पाएको बताउदै नगरक्षेत्र भित्रका धार्मिक मठमन्दिरहरुको संरक्षणमा लाग्नका लागि अाग्रह गर्दै राम्रो काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत तथा नराम्रो काम गर्नेलाई दण्डको ब्यबस्था हुनु पर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले नगरभित्रको बिकासले तिब्रता लिएको अाफुले पाएको बताउदै जनताको कामलाई प्रभाबकारी छिटोछरितो गर्ने बाताबरण बनाउन अाग्रह गर्नु भएको थियोे ।
उहाले थोरै साधन श्रोतलाई ब्यबस्थापन गर्दै छोटोे समयमा नगरक्षेत्रको बिकासले फड्को मारेको बताउदै सेबा सुबिधालाई थप गर्नु पर्ने र जनता नगरबासीले त्यसलाई सहयोग गर्नु पर्नेमा जोडदिनु भयो । कार्यक्रममा स्थानिय बिकास अधिकारी प्रदिप पौडेलले नगरको बिकास दुर्त गतिमा अगाडि बढेको अाफुले पाएको बताउदै स्थानिय निकाय जनप्रतिनिधि नहुदा निकै समस्या हुने गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद मुस्कानले जिल्ला तथा नगरको बिकास गर्नु सबै सरोकारवालाहरुको दायित्व भएको बताउनु भयो । मुस्कानले सन्धिखर्क नगरपालिका लुम्बिनी अन्चल भित्रको नमुना नगरपालिका हुन सफल भएको बताउदै दिनरात कर्मचारीहरुले खटेर काम गरेको बताउदै भएको श्रोत साधनलाई अधिक्तम सदुपयोग गर्नु पर्ने बताउनु भयो । उहाले नगरको बिकाशका लागि नगरपालिकाका कर्मचारीहरु दिन रात खटेर काम गरेकोमा कार्यकारी अधिकृत रामजी जोशी लगायतका कर्मचारीहरुलाई धन्यवाद दिनु भएको थियोे ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्यले नगरको बिकासका लागि राजनीतिक दलहरु र कर्मचारीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियोे । कार्यक्रममा नेकपा माअोबादी केन्द्रका नेता छमकुमारी खनाल लगायतले नगरको बिकासले फड्को मारेकोमा धन्यवाद दिनु भएको थियोे ।
त्यस्तै चौथो नगरपरिषदको उपलक्ष्यमा नगरपालिकामा मिहिनेती तथा जेहेनदार कार्यालय प्रमुख रामजी जोशी सहित अन्य चारजना कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझी जिल्ला न्यायाधीश केसब प्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले दोसल्ला अोढाई नगद पुरस्कार प्रदान गर्दै सफलताको शुभकामना दिनु भएको थियोे ।
यसरी जेहेन्दार तथा राम्रो काम गर्ने पुरस्कृत हुने कर्मचारीहरुमा नायब सुब्बा थान बहादुर महत्रा लेखापाल कृष्ण प्रसाद पान्डे कम्प्युटर अपरेटर सिता बिसी, कृष्णा भुसाल पुरस्कृत भएका थिए ।
नगरपालिकाले स्थापना काल देखि नै कार्यालय प्रमुख तथा जेहेन्दार कर्मचारीहरु पुरस्कृत गर्ने प्ररम्पराको सुरुवात गरेको थियोे । नगरपालिकामा काम गर्ने बर्षदिन रातदिन काम गर्ने कर्मचारीहरु पुरस्कृत भएकोमा प्रमुख अथिथि बिशिष्ट अतिथिहरुले अझै जनता मुखि काम गर्न हौसला दिएका थिए ।
नगरपालिकामा कार्यकारी रामजी जोशी अाएपछि धेरै बिकासका कामहरुले तिब्रता लिएका छन । सरल सालिन सभाब भएका जोशीले नगरपालिकामा अाएपछि समानुपातिक बिकासका कामलाई दुर्त गतिमा अगाडि बढाएको स्थानिय जनताहरुको भनाई छ । नगरपालिकामा स्थापना कालदेखि प्राबिधिक ईन्जिनियर नारायण पोख्रेलले सेबा दिदै अाएका छन । जनशक्तिको अहिले पनि अभाब छ । अहिले दमकल सेबा जेसिबी सेबा दिन नगरपालिका सफल भएको छ । अब नगरपालिकाले नगरलाई हराभरा बनाउने योजना अगाडि सारेको छ ।