भोली देखि सन्धिखर्कमा हुने कृर्षि औद्योगीक व्यापार मेलाको तयारी पुरा (तस्बिरमा यस्तो थियो तयारी)

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा भोली पुस २८ देखी माघ १० गतेसम्म हुन गईरहेको कृर्षि पर्यटन सांस्कृतिक एवम औद्योगीक व्यापार मेलाको तयारी पुरा भएको छ । महोत्सवको उदघाटन उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले गर्ने भएका छन् । 
लगभग १९० वटा स्टल राखिने मेलामा कृर्षिजन्य सामाग्रीका साथै जिल्लालाई  पहिचान गराउने पर्यटकिय स्थल लगायतको विभिन्न सामाग्रीहरु  प्रदर्शन गरिने छ । 
आयोजकका अनुसार महोत्सवमा कृषी तथा घरेलु उत्पादन प्रदर्शनी एवम विक्री वितरण, विभिन्न जंगली पशुपन्छीको प्रदर्शन, लता कपडा तथा भाडाकुडाँको प्रदर्शन अटो मोवाईल प्रदर्शनी लगायतका आकर्षकहरु रहने छन् । साथै मेलामा स्थानिय कला संस्कृती झल्कने सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिनेछ ।
यस्तै महोत्वसव भित्रका गतिविधीको निगरानी राख्न १८ वटा सिसी क्यामरा जडान गरिनेछ । महोत्सव प्रवेशको लागि ४० रुपैया लाग्ने छ भने विद्यार्थी र ६० वर्ष माथि उमेर पुगेकाहरुलाई १० रुपैया छुट गरी ३० रुपैया लाग्ने भएको छ ।     
साहार शान्ती सामुदायिक विकास क्लव तथा औद्योगीक शान्ती नेपाल संस्थाको आयोजक लगायत जिल्लाका केही संघसंस्थाको संयुक्त सहयोगमा आयोजना गरिएको प्रदर्शनीका लागि गोविन्द भुसालको संयोजकत्वमा २३ सदस्यीय कार्यसमिती गठन गरिएको छ । समितीको  सह संयोजकमा कविराम खनाल, सदस्यहरुमा गोविन्द आचार्य, भरतमणी भट्टराई, सुरज अधिकारी, नारायण खडका, जम्शेर मियाँ, उमेश घिमिरे, अयाव्दीन मियाँ, ठाकुर पन्थी, कृष्ण पोखरेल, बावुराम भुसाल, काजी श्रेष्ठ, दिपक श्रेष्ठ, अर्जुन भुसाल, गणेश खनाल, सन्दिप महत, तेजेन्द्र पाण्डे, सन्तोष बस्नेत, मदन नेपाली, सरोज पौडेल र नारायण महत लगायत रहेका छन् ।
अर्घाखाँचीमा माघेसक्रान्तीलाई मध्यनजर राखेर हरेक वर्ष औद्योगीक व्यापार मेला लाग्दै आएको छ । 
यस्तो थियो तयारी:- 
तेजेन्द्र  पाण्डेयबाट