अर्घाखाँचीमा १६३ जना एचआईभी संक्रमित

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा एचआईभी संक्रमितको संख्या बढेको छ । अहिले सम्मको तथ्याङक हेर्दा जिल्लामा १६३ जना एचआईभी  संक्रमित भएका छन् । जसमा पुरुष ८१ र महिला ८२ गरी १६३ जना रहेका छन् । जसमध्ये ४० जनाको मृत्यु भएको छन् । मृत्‍यु हुनेमा  २७ जना पुरुष र १३ जना महिला रहेका छन । 
२०७१ सालमा अर्घाखाँचीमा संक्रमितको संख्या १ सय २७ थियो । जसमा ६५ महिला र ६२ जना पुरुष एचभाईभी संक्रमित थिए भने  संक्रमित मध्ये धेरैजसो विवाहित महिला र पुरुष थिए ।   
सन्धिखर्कमा सञ्चारकर्मीहरुका लागी एचआईभी एड्स यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिममा  सक्रिय समाज नेपाल अर्घाखाँचीले दिएको जानकारी अनुसार पौष महिनामा  ३ जना थप संक्रमित फेला परेका छन् । अहिले जिल्लामा ७६ जनाले ए आर टि सेवन गरिरहेका छन् । अरु ४ जनाले गुल्मी र ५ जनाले बुटवलबाट एआरटी सेवन गरिरहेका छन् । 
जिल्लामा संक्रमितको संख्या वर्षेनी बढिरहेको छ । शुरुमा २३ जना भेटिएका थिए तर  पछिल्लो पटक गाउँमा रक्त परीक्षण पछि संक्रमतिको संख्या वर्षेनी बढ्दो मात्रमा भेटिएको छ ।
सम्पन्न तालिममा शुसीला बेल्वासे, कृष्ण धितालले एचआईभी एड्स यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले गरेका थिए । 
उता अबको १५ वर्ष भित्रमा सन् २०३० सम्ममा विश्वबाट एड्स महामारी समाप्त गर्ने लक्ष्य संयुक्त राष्ट्र विश्वले लिएको छ ।  
Link:- http://www.unaids.org/en/resources/documents/2014/JC2686_WAD2014report