सन्धिखर्कमा कृर्षि पर्यटन सांस्कृतिक एवम औद्योगीक व्यापार मेलाको उर्जामन्त्रीद्वारा उद्घाटन (तस्बिर)

प्रेम खडका 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आज देखी माघ १० गतेसम्म हुन गईरहेको कृर्षि पर्यटन सांस्कृतिक एवम औद्योगीक व्यापार मेलाको उद्घाटन उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले गरेका छन् । यसअघी मेलाको उदघाटन गर्न आएका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरलाई भव्य स्वागत गरिएको थियो ।  
लगभग १९० वटा स्टल राखिने मेलामा कृर्षिजन्य सामाग्रीका साथै जिल्लालाई  पहिचान गराउने पर्यटकिय स्थल लगायतको विभिन्न सामाग्रीहरु  प्रदर्शन गरिएका छन् । 
महोत्सवमा कृषी तथा घरेलु उत्पादन प्रदर्शनी एवम विक्री वितरण, विभिन्न जंगली पशुपन्छीको प्रदर्शन, लता कपडा तथा भाडाकुडाँको प्रदर्शन अटो मोवाईल प्रदर्शनी लगायतका आकर्षकहरु रहने छन् । साथै मेलामा स्थानिय कला संस्कृती झल्कने सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिनेछ ।
यस्तै महोत्वसव भित्रका गतिविधीको निगरानी राख्न १८ वटा सिसी क्यामरा जडान गरिएको छ ।  महोत्सव प्रवेशको लागि ४० रुपैया लाग्ने छ भने विद्यार्थी र ६० वर्ष माथि उमेर पुगेकाहरुलाई १० रुपैया छुट गरी ३० रुपैया लाग्ने  छ ।