बलियो पत्रकार महासंघ बनाउन सहमति र सहकार्य अपरिहार्य

नेपाल पत्रकार महासंघका सम्पूर्ण शाखाहरुको चुनाबको मिति नजिकिदै गर्दा अर्घाखाँचीमा पनि विभिन्न पत्रकार साथीहरुले आफ्ना आफ्ना धारणाहरु सार्बजनिक गरिराख्नु भएको छ । मुलत सबै साथीहरुका धारणा एत्रतत्र देख्दा सुन्दा हाम्रो संगठन प्रगतिसिल पत्रकार संघ, नेपाल दुख व्यक्त गर्दछ । हाल सम्म अध्यक्षमा चार पाँच जना साथीहरुको नाम र अन्य पदमा पनि केही साथीहरुले आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । यसरी एकाएक १ महिना अगाबै विभिन्न साथीहरुले उम्मेदवारी घोषणा गर्नु र केही पत्रकार साथीहरुले यस्को पकट बलियो र यस्को पकड कमजोर भनिनु भनेको कसैको जित र हार भन्दा पनि समग्र पत्रकारीताको एकताको हार हुने र अहिले रहि रहेको सुमधुर सम्वन्धमा खलल पुग्ने हाम्रो संगठनको धारणा छ ।

हाम्रो संगठन प्रगतिसल पत्रकार संघ, नेपाल अर्घाखाँचीले पत्रकारीताको एकतालाई सुमधुर कायम राख्नको लागि र देशका ७५ वटै जिल्लाका पत्रकार महासंघ मध्येवाट अर्घाखाँचीले एकता र आपसी मेलमिलापको सन्देश केन्द्रलाई दिनको लागि हामी सांगठनिक रुपमा फरक फरक धारमा आस्था र विश्वास राख्ने बामपंथि, प्रजातान्त्री साथै स्वतन्त्र आखिर जे भए पनि एकताबद्ध हुन जरुरी छ किनकी अन्तत हामी पत्रकार महासंघमा आवद्ध एउटै घरको परिवार हो । भोलि बामपन्थी विचारधाराका पत्रकार साथीहरुलाई समस्या पर्दा प्रजातान्त्रीक धारका र स्वतन्त्र धारका पत्रकार साथीहरु टुलुटुलु बसेर हेर्ने र प्रजातान्त्रीक तथा स्वतन्त्र धारका पत्रकार साथीहरुलाई समस्या पर्दा बामपन्थी विचारधाराका पत्रकार साथीहरु टुलुटुलु बसेर हेर्न हाम्रो मनले पक्कै पनि मान्दैन किनकि हाम्रो पेशा, समस्या र चुनौती हुबहु एउटै हुन । तसर्थ हाम्रो संगठन अन्तिम सम्म पनि सहमति सहकार्य र एकतावाटै सम्पूर्ण पत्रकारको जित भन्दा पनि हित हुने हुदा बाहिर यसको सम्भावना बलियो र यसको सम्भावना कमजोर जस्ता हुईम नफैल्याई सकेसम्म सहमतिय प्रणलीवाटै अगाडी बढ्नु पर्दछ भन्नेमा जोड दिन्छ ।
  अध्यक्ष
 विनोद गैरे
प्रगतिसिल पत्रकार संघ, नेपाल
 अर्घाखाँची